रमा बुढा मगर -===
तुलसिपुर २०७८ कार्तिक ३०,समाज लाइ सरसरती हेर्दा जता ततै आफ्नै लागि केही गर्छु भन्ने मानिस हरु छरपस्टै भेटिन्छन। तर यही समाजमा म समाजका लागी आफुले सके जति केही गर्छु भन्ने मानिस हरु पनि सानै संख्यामा भए पनि भेटिने गरेका छन।यस्तै एउटा उदाहरण बनेका छन चन्द्रकान्त खरेल।
दाङ जिल्लाको तुलसिपुर उपमहानगरपालिका वडा नं ३ डाँडाखुटी निवासी खरेल नेपालमा प्रजातन्त्र बहाली भइ सके पछी २०४९ सालको प्रथम स्थानिय तहको निर्वाचनमा तत्कालिन तुलसिपुर नगरपालिका वडा नं १० बाट वडा अध्यक्षमा उमेदवारी दिने तरखरमा थिए तर तत्कालिन दाङ काँग्रेसले खरेल लाई वडा अध्यक्ष को टिकट दिएन। उनको ठाँउमा सो ही वडाका कमलजङ्ग गुरुङ लाई काँग्रेस ले वडा अध्यक्षको टिकट दियो।
दाङ काँग्रेसको त्यस्तो निर्णय बाट आफु अन्यायमा परेको निष्कर्षमा पुगेका खरेल ले वडा अध्यक्ष पदका लागि वागी उमेदवारी दिने निर्णय गरे। समाजमा राम्रो छवि बनाएका खरेल ले बिद्रोह गर्दै वागी उमेदवारी दर्ता गराए। खरेल ले दाङ काँग्रेसका आधिकारिक उमेदवार कमलजङ्ग गुरुङ लाई भारी मतले पछी पार्दै तुलसिपुर १० को वडा अध्यक्ष पदमा बिजय हासिल गरे।उनी वडा अध्यक्ष भएर थुप्रै बिकास निर्माणका
काम गरे तर त्यही काम मध्यको एउटा काम थियो तुलसिपुरको डाँडापातु हुँदै दमारगाउ डाँडाखुटी आम्बास बल्ले मख्खनटाकुरी जाने मोटर बाटो।उक्त मोटर बाटो आधा भाग तुलसिपुर १० मा पर्थ्यो भने आधा भाग तुलसिपुर ७ मा पर्थ्यो। खरेल ले आफ्नो कार्यकालमा त्यति बेलाको तुलसिपुर नगरपालिका को कर्णाली भनेर चिनिने आम्ब्बास नाउला टुनापानी थापापानी बल्ले सम्म मोटर बाटो निर्माण गर्न नसके पनि वडा नंं १० को भु-भागमा पर्ने वादीपतेरी भन्ने ठाउँ सम्म मोटर बाटो पुर्याइदिने कामको थालनी २०५१ सालमा गरे।
२०५१ सालमा काँग्रेस नेता खुम बहादुर खडका को सहयोगमा १ लाख ४० हजार बजेट ल्याएर खरेल ले मोटर बाटो खन्ने काम गरे। उनको कार्यकालमा तुलसिपुर नगरको १० नं वडा हुँदै बल्ले मख्खनटाकुरी जाने मोटर बाटो १० नं वडाको भागमा परेको स्थान सम्म कुटो कोदालो को माध्यमले मोटर बाटो निर्माण भयो। दोघरे डाँडाखुटी बल्ले मख्खनटाकुरी सडक खण्डको वादीपतेरी भन्ने स्थान को घुम्ती सम्म तत समयमा मोटर बाटो पुर्याउन योगदान गरेको कामको मुल्याँङ्कन २०७८ सालमा आएर त्यस भेगका जनताले गरेका छन।
खरेल लाई २०५१ सालमा गरेको उदाहरणिय कामको उच्च मुल्याङ्कन गर्दै २०७८ मा आएर २८ वर्ष पछी सम्मान गरिएको हो।
२०७८ साल कात्तिक ३० गते तुलसिपुर उपमहानगरपालिका को वडा नं ३ ले आयोजना गरेको जनभेलाले खरेल लाई दोसल्ला ओढाएर सम्मान गरेको छ भने त्यही ठाँउमा हाल नामाङ्कित गंगालाल मार्ग को चन्द्रकान्त मोड भनेर नामाङ्कन गरि उनले समाजमा गरेको योगदानको कदर गर्दै वादीपतेरी मोडलाइ चन्द्रकान्त मोड नाम दिएर होडिङ बोर्ड समेत राखिएको छ। तुलसिपुर उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीर बहादुर बि क ( बिजय) र स्थानिय ले उनलाइ सम्मान गरेका हुन। समाजमा रहेका फाराकिला बिचार भएका काँग्रेसका स्थानिय नेता चन्द्रकान्त खरेल लाई सम्मान गर्न पाउदा खुशी लागेको छ वडा अध्यक्ष बि क लए राप्ती पहिचान सङ्गको कुराकानीमा बताए।
©2023 Rapti Pahichan. All rights reserved.