रमा बुढा मगर-===
तुलसिपुर ८ कात्तिक २०७८, म होसमा आउदा धेरै मान्छे चिच्याइ रहेको सुने, उद्दारका लागी दुर्घटना स्थल आसपासका मानिस हरु जम्मा भइ सक्नु भएको थियो भने उत्तानो परेको गाडी बाट गाडी भित्र फसेका घाइते हरुलाइ निकाल्दै हुनुहुन्थ्यो। सो ही क्रममा एक जनाले मलाइ तानेर बाहिर निकाल्न खोज्नु भयो तर मैले वहाँ लाई भने मलाइ भन्दा पहिला मणिषा लाई बाहिर निकाल्नुस। रेडियो तुलसिपुरका कार्यक्रम सञ्चालक पत्रकार किरण परियारले राप्ती पहिचान सङ्गको कुराकानीमा भने।
दुर्घटनामा घाइते मणिषा परियार किरण परियार कि जीवन संगीनी हुन उनी आठ महिना को गर्भवती छिन भने घाइते दम्पती घोराही देखि तुलसिपुर आउन उक्त बसमा चढेका थिए।आफुलाइ होस आउनासाथ आफुले सब भन्दा पहिला आफ्नी गर्भवती श्रीमती कताछिन भन्ने कुरा याद आएको र श्रीमतीलाइ बेहोस अवश्थामा देखे पछी पल्टिएको बस बाट बाहिर निकाल्ने प्रयास गरेको तर आफ्नो खुट्टा च्यापिएको हुँदा आफुले निकाल्न नसकेको कुरा सञ्चारकर्मी परियार बताउछन।
आइतवार मोतिपुरमा भएको बस दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन भने २१ जना घाइते भएका छन। ज्यान गुमाउने मा घोराही १० निवासी वर्ष २८ का सहचालक प्रेम परियार रहेका छन भने घोराही बाट तुलसिपुर आउदै गरेको ना ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। घाइते मध्य ४ जनाको अवश्था चिन्ता जनक रहेको कुरा राप्ती प्रादेशिक अस्पताल तुलसिपुरका डाक्टर सौरभ शर्माले राप्ती पहिचान लाई बताए।म आफै पनि स्युटीमै छु
घाइते हरु मध्य टाउकोमा चोट लागेका ३ जना र ढाड भाँचिएका एक जना को अवश्था अलिक गम्भीर छ अस्पतालका मे सु बिनोद सिंह ले हामी लाई बताए।२०७६ सालमा घोराही तुलसिपुर सडक दुई लेन बाट चार लेन बनाउन निर्माण सुरु गरिएको थियो। निर्माण सुरु गरिएको पहिलो चरणमा निर्माण कार्य तिव्र गतीमा भए पनी त्यस पछी भने सडक निर्माण कार्य ठप्प जस्तै छ।
दुई लेन सडक हुँदा पिच भएको सडक वरपर दुवै साइडमा फोर लेन सडक बनाउन गहिरो गरि उत्खनन् गरिएको छ भने मुस्किल ले गाडी ले साइट काट्नु पर्ने बाध्यता छ घोराही तुलसिपुर सडकमा सवारी साधन बस चलाउदै आएका एक गाडी चालकले हामी लाई बताए। न सडकको दायाँ बायाँ कतै सुरक्षा संकेत राखिएको छ न सडक फराकिलो छ,घोराही तुलसिपुर सडक खन्ड फोर लेन हैन काल लेन हो उनले फेरि भने।
यस्तो छ निर्माणाधिन घोराही तुलसिपुर फोर लेन सडक को अवश्था।
सडक लाई दुई लेन बाट फोर लेन बनाउन वरी परी गहिरो गरि उत्खनन् भएको छ बिचको धुर्को मा गाडी गुड्छन। कतै कतै त मुश्किल ले गाडी पास हुन्छ्न। त्यही बिचको धुर्कोमा यश अघि गरिएको कालोपत्रे उक्किएर खाल्डै खाल्डा परेका छन। घोराही तुलसिपुर फोर लेन सडक निर्माण गर्न भारतको मुम्बइ श्थित तथ्य इन्जिनियरिङ ले ठेक्का लिएको छ।झन्डै ४ वर्ष अघि काम सुरु गरेको निर्माण कम्पनी ले हाल सम्म २० प्रतिशत काम पनि गर्न सकेको छैन।
मौन छ कार्वाही गर्ने निकाय। मौन छन कुरुङबाङ।
कुनै पनि काम गर्न जिम्मा लिएको वा ठेक्का लिएको निर्माण कम्पनी ले समयमा काम नसके कानुनी कारवाही हुने ब्यबश्था छ, त्यो कारवाही प्रकृया जिल्ला श्थित जिल्ला प्रशासन कार्यालय ले उठाइ सम्बन्धित निकाय लाई पेश गर्ने र त्यस पछी सम्बन्धित निकाय ले ठेकेदार कम्पनी लाई आवश्यक कारवाही गर्ने ब्यबश्था छ तर यस बिषयमा जिल्ला प्रशासन कार्यालय
दाङ मौन बसेको छ। दाङ जिल्लामा ५५औ प्रमुख जिल्ला अधिकारी को रुपमा २०७७ असार १४ गते हाजिर भएका वर्तमाण प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङले घोराही तुलसिपुर फोर लेन सडक निर्माण कार्य सुचारु र छिटो छरितो तरिका ले गराउछु भनी हाक हाले पनि हात हाल्न
सकेनन। सुरुमा एक्सनमा उत्रीएका कुरुङबाङ हाल मौन बसेका छन। २०७८ साउन ११ गते उनकै कार्य कक्षमा सर्वपक्षिय बैठक बसाली फोर लेन सडकमा दशै सम्म नयाँपन दिने गरि काम हुन्छ भनेर सञ्चारमाध्यम मा आएका कुरुङबाङले हाल आएर भने आफुले त्यति बेला भनेको काम गर्न अझै ३/४ महिना लाग्ने कुरा बताउछन।
©2023 Rapti Pahichan. All rights reserved.