घोराही उपमनपा मा बिकास खर्च भन्दा ३४ करोड बढी रकम सेवा सुविधामा खर्च।
भदौ २, २०७८
रमा बुढा मगर/ गृहराज घर्ती र मङ्गलसिङ घर्ती
घोराही २९ भदौ २०७८, दाङ्गको घोराही उपमहानगरपालिका मा आ व २०७७ सालमा बिकास खर्च भन्दा सेवा सुविधा तर्फ ३४ करोड ८ लाख ७३ हजार ७७८ रुपैयाँ बढी रकम खर्च गरेको बिबरण सार्वजनिक भएको छ। उपमहानगरको वार्षिक प्रगती प्रतिवेदन २०७७/०७८ मा यस्तो खर्च भएको पाइएको हो। उपमहानगर ले आ वअ २०७७/०७८ का लागी अनुमानित बजेट २ अर्ब २६ करोड ८९ लाख ५० हजार १९ रुपैयाँ नगर सभा बाट
पारित गराएको थियो जसमा बिकास खर्च तर्फ १ अर्ब ५ करोड ४८ लाख ३५ हजार ९४४ रुपैयाँ छुट्ट्याइएकोमा बिकास खर्च घटाएर जम्मा जम्मी ७३ करोड २० लाख २९ हजार ८२७ रुपैयाँमा झारिएको छ। उता सेवा सुविधा खर्च भने १ अर्ब ७ करोड २९ लाख ३ हजार ६०५ रुपैयाँ हुन गएको बिबरणमा उल्लेख गरिएको छ। बिकास खर्च भन्दा
सेवा सुविधा मा बढी रकम खर्च गरेको उपमहानगर का जन प्रतिनिधि हरुले मात्रै विभिन्न शिर्षक बाट २ करोड ३३ लाख ३६ हजार रुपैयाँ नगद बुझी लगेको देखिएको छ। उनी हरुले पारिश्रमिक भनी उपमहानगरको खर्च संकेत नं २१११९ बाट २ करोड बुझी लगेका छन भने खर्च संकेत नं
२११३९ बाट पदाधिकारी अन्य भत्ता शीर्षक राखेर ६ लाख ६७ हजार रुपैयाँ , त्यसै गरि खर्च संकेत नं २११४१ बाट पदाधिकारी बैठक भत्ता शिर्षकमा ७ लाख ९४ हजार बुझी लगेको पाइएको छ। त्यस्तै खर्च संंकेत नं २११४२ बाट पदाधिकारी अन्य सुविधा शीर्षक बाट १२ लाख ५०
हजार रुपैयाँ बुझेको देखिन्छ भने खर्च संकेत नं २११४९ बाट पदाधिकारी अन्य भत्ता शीर्षक राखेर ६ लाख २५ हजार रुपैयाँ बुझी लगेका छन। छरपस्ट सेवा सुविधामा रकम खर्च गरेको घोराही उपमहानगर ले डिजेल पेट्रोल मात्रै १ करोड ११ लाख १४ हजार रुपैयाँको खरिद गरि
खर्च गरेको पाइएको छ। जनता रोग र भोकले छटपटाइ रहेको बेलामा उपमहानगर ले भने करार सेवा शुल्क शीर्षक दिएर खर्च संकेत नं२२४१३ बाट दुई पटक गरि ३ करोड ५४ लाख ९९ हजार रुपैयाँ भुक्तानी दिएको छ। सो रकम आफ्ना पार्टी निकट कार्यकर्ता लाई विभिन्न पदमा करारमा राखेर उनी हरुलाइ तलब भुक्तानी दिइएको कुरा
नाम नबताउने शर्तमा एक कर्मचारी ले राप्ती पहिचान सङ्ग भने। बिकास खर्च भन्दा सेवा सुविधा मा बढी रकम खर्च गरेको उपमहानगर ले विविध खर्च मात्र ७५ लाख १० हजार रुपैयाँ गरेको छ। स्थानिय सरकारको रुपमा स्थापित भएका दाङ्ग का १० वटा पालिका मध्य घोराही
उपमहानगर को सेवा सुविधा खर्च सबै भन्दा धेरै रहेको पाइएको छ। यती धेरै रकम सेवा सुविधामा कसरी खर्च भयो भनी सोध्दा उपमहानगर का उप मेयर सीता सिग्देल न्यौपाने ले केही जवाफ दिन सकिनन भने मेयर नरुलाल चौधरी ले फोन उठाएनन।