रमा बुढा मगर-===
दाङ्ग ५ भदौ २०७८, दाङ्गका अन्य पालिका जस्तै राप्ती गाउपालिकाले पनि बिकास खर्च भन्दा सेवा सुविधा खर्च अत्यधिक बढी गरेको पाइएको छ। आ व २०७७/०७८ को चालू खर्च र पुँजिगत खर्च बिबरण हेर्दा
यस्तो देखिन आएको छ। आ व २०७७ मा राप्ती गाउपालिकाले बिकास खर्च तर्फ २१ करोड ७१ लाख ६७ हजार ९६६ रुपैयाँ खर्च गरेको छ भने सेवा सुविधा तर्फ २८ करोड ६१ लाख ८१ हजार ८५४ रुपैयाँ खर्च गरेको छ।
बिकास खर्च भन्दा सेवा सुविधा तर्फ ६ करोड ९० लाख १३ हजार ८८८ रुपैयाँ बढी रकम खर्च गरेको गाउपालिका बाट खर्च संकेत नं २१११२ बाट पदाधिकारी हरुलाइ पारीश्रमिक ९३ लाख ५५ हजार रुपैयाँ त्यसै गरि खर्च संकेत नं २११४१ बाट पदाधिकारी
हरुलाई बैठक भत्ता २६ लाख १३ हजार ३९० र खर्च संकेत नं २११४२ बाट पदाधिकारी लाई अन्य सुविधा खर्च ५ लाख ६१ हजार १९० रुपैयाँ गरि १ करोड २५ लाख २९ हजार ५८० रुपैयाँ निकासा गरि पदाधिकारी हरुले मात्रै नगद बुझी लगेका छन भने वर्ष भरी १५ लाख ९३ हजार ६८९ रुपैयाँ खर्च हुने गरी विभिन्न रमनिय ठाउमा भ्रमण गरेका छन।
त्यसै गरि गाउपालिकाको लेखा शाखाको खर्च संकेत नं २२२१२ बाट १९ लाख ७९ हजार ३८९ रुपैयाँ को डिजल पेट्रोल उडाएको गाउपालिकाले मसलन्द खर्चमा मात्रै ४९ लाख १९ हजार ९७३ रुपैया खर्च गरेको छ। यस्तै गाउपालिका को सबै भन्दा ठूलो खर्च कर्मचारी
लाई तलब भत्ता १३ करोड १९ लाख ९७ हजार ९८३ रुपैयाँ छ भने दोस्रो ठूलो खर्च रकम कार्यक्रम खर्च भनी खर्च संकेत नं २२५२२ बाट निकासा गरि ७ करोड २७ लाख ९८ हजार ६०३ रुपैयाँ खर्च गरेको पाइएको छ। विविध खर्च तर्फ २६ लाख ५७ हजार ४५३ रुपैयाँ फजुल
खर्च गरेको पालिकाले विविध कार्यक्रम खर्च भनेर १७ लाख ९९ हजार १२७ रुपैयाँ खर्च गरेको छ। राप्ती गाउपालिका मा २०७४ को स्थानिय तहको निर्वाचन मा अध्यक्ष मा एमाले का उमेदवार नुमानन्द सुवेदी ले चुनाव जितेका छन भने उपाध्यक्ष मा नेपाली काँग्रेस बाट
जगदम्बा कुमारी चौधरी ले जितेकी छिन। त्यस्तै गाउपालिका को ९ वटा वडा मध्य ३ वटा वडामा माओवादी केन्द्रले चुनाव जितेको छ।
©2023 Rapti Pahichan. All rights reserved.