रमा बुढा मगर-===
तुलसिपुर २६ साउन २०७८, एक जना ६४/६५ वर्ष जतिकि देखिने महिलाले एउटी ४/५ वर्ष जतीकी बालिका को हातमा चक्कु थमाएर कुर्सीमा राखिएको वर्थ डे केक तर्फ इसारा गर्दै भन्दै थिइन लौ केक काट नानी, अब केक काट नानी। केक काट भनी रहेकी महिलाले आफुले आफैलाइ हाँसी खुशी देखाउने चेस्टा
गरी रहेको भए पनी उनलाइ राम्ररी नियालेर हेर्दा उनी भित्र कसैको गहिरो सम्झना, कसै प्रतीको मायाँ र त्यस बाट उत्पन्न हुने पिडा सहजै झलझली बली रहेको देखिन्थ्यो। महिला सङ्गै थिए एक जना ६५/६६ वर्षका पुरुष। उनी पनि केटा केटी सङ्गै रमाउन लागेको जस्तो देखिए पनी भित्री आँखाले हेर्दा उनले पनि केही गुमाए
जस्तो, केही कुरा नभेटाए जस्तो, कोही कोही नभएको जस्तो महसुस गरेको कुरा प्रस्टै देख्न सकिन्थ्यो। अझ भन्ने हो भने कैयन पटक ती दुवै जनाका आँखा रसाउलान रसाउलान जस्तो पनि देखिन्थ्यो। तर दुवै जनाले आफुले आफैलाइ सम्हाली रहेका थिए।
यो हृदयविदारक दृश्य तुलसिपुर श्थित स्यानी चौधरी ले संचालनमा ल्याएको दिदी घर नामक अनाथ आश्रम्मा देखिएको हो। सो अनाथ आश्रम मा आज तुलसिपुर बजारमा पालपाली मेडीको फर्मा संचालन गर्दै आइ रहेका शिव श्रेस्ठ र उनका पत्नी बिना श्रेस्ठ आफ्ना एक मात्र छोरा स्वर्गीय सुबिन श्रेस्ठको ३७औ जन्मदिन मनाउन पुगेका थिए।
हाम्रो एक मात्र सन्तान सुविन श्रेस्ठको जन्म २०४१ साल साउन २६ गते आजकै दिन भएको थियो तर २०७४साल कार्तिक ५ गते उनलाइ भगवान ले हामी बाट खोसेर लगे आफुले आफैलाइ सम्हाल्दै स्व- सुबिन श्रेस्ठ का आमा बिना श्रेस्ठले भारी मन लगाउदै भनिन।
बुहारी हामी सङ्गै दुख कस्ट काटी रहेकी छिन उनकै मुख हेरेर चित्त बुझाइ रहेका छौँ उनले अगाडि भनिन। स्वर्गीय पति सुविन श्रेस्ठ कि पत्नी भावबिह्रल भइ दिदी घर पुग्न सकिनिन भने भित्र भित्रै छ्टपट्टी रहेको भए पनि सुविन का बाबू शिव श्रेस्ठले भने आफुले आफुलाइ अचम्म सम्हाली रहेका थिए।सुविन श्रेस्ठको फोक्सो को क्यान्सर का कारण ३७ वर्षकै कलिलो उमेरमा मृत्यु भएको थियो।
श्रेस्ठ दम्पती ले स्वर्गीय छोरा सुविन श्रेस्ठको सम्झनामा दिदी घरमा आश्रीत ४ वर्षिय पुजा श्रेस्ठ को लालन पालन शिक्षा स्वाश्थ्य लगायत सम्पुर्ण खर्च बेहोर्ने घोषणा गरेका छन। मैले संचालन गरेको दिदी घरमा आश्रीत पुजा श्रेस्ठ लाई उसले पढ्न सके जति पढाइ दिने, खान बस्न स्वाश्थ्य उपचार खर्च समेत बेहोर्ने गरि
हाल वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने कुरा भएको छ दिदी घर नामक अनाथालय संचालक स्यानी चौधरीले राप्ती पहिचान लाई बताइन। राप्ती पहिचान डटकम को २०७८/ साउन २६ गतेको दोस्रो अंकले स्वर्गीय सुविन श्रेस्ठ प्रती श्रद्वान्जली अर्पण गर्दछ।
©2023 Rapti Pahichan. All rights reserved.