रमा बुढा मगर-===
दाङ्ग २५ साउन २०७८, दाङ्गको बंगलाचुली गाउपालिका मा आर्थिक वर्ष २०७७/०७८ मा बिकास खर्च भन्दा सेवा सुविधा तर्फ बढी रकम खर्च भएको छ। गाउपालिका को च नं ३८ को पत्र अनुसार साउन २२ गते राप्ती पहिचान डटकम लाई सुचना दिदा यस्तो खुलेको हो।
गाउपालिकाको आ व को खर्च बिबरण अनुसार (चालू) सेवा सुविधा खर्च तर्फ ३० करोड ९ लाख ४ हजार ५४० रुपैयाँ खर्च गरेको देखिन्छ भने बिकास योजाना निर्माण खर्च तर्फ २३ करोड ७५ लाख २६ हजार ०४ रुपैया मात्रै खर्च गरेको देखिन्छ। सरसरती हेर्दा बिकास खर्च भन्दा सेवा सुविधा तर्फ ६ करोड ३३ लाख ७८ हजार ५३६ रुपैया बढी खर्च भएको पाइएको छ।
यति ठूलो रकम सेवा सुविधामा खर्च कसरी भयो भन्ने हाम्रो प्रश्नमा गाउपालिका का अध्यक्ष भक्त बहादुर वली ले मैले खर्च बिबरण हेरेको छैन हेरे पछी मात्रै केही भन्न सक्छु भन्ने जवाफ फर्काउनु भयो।बंगलाचुली गा पा ले वडा नं ३ को कुइजा,भेडाबारी,ठाँटीखोला,जलुके बैसरी र वडा नं ४ को गदारी,झेला, वडा नं ५ को
फलिदे,झवरास,गुरासेनी,कोहल,जहते,झिंजा,रोकेनीडाँडा,पोखराडाँडा,टोड्केखोला क्षेत्रमा बिद्युत बिस्तार गर्न नसक्दा त्यस क्षेत्रका वासिन्दा अन्धकारमै बसी रहेका छन। त्यसै गरि ६ नं वडाको आरुगैरा,टोड्के,चिउरीडाँडा,सोतीटोला,ठुलाचौर,भित्रीखोला गोगनपानी,खमारी,सिउते,अमारे,बाटुले र वादगाउका स्थानिय पनि गाउपालिका ले बिद्युत बिस्तार गर्न नसक्दा अन्धकारमा छ्न।
गाउपालिका को ७ नं वडाको पुरै भु-भाग थापडाँडा, गाविकोछाप,भरीचौर,लाफे,श्रीखर्क,सल्लिकुना,दिप, डोँटे,कुइराले ,हलिदे ,बिर्खे,ढाप का वासिन्दा अझै पनि बिद्युत बाट वञ्चित हुँदै आइ रहेका छन। त्यस्तै
झुन्ने,धारपानी,झिँगा,पुनखोला,सालवास ,घोरलभिर,कालोखोला र लामिदुवालीमा समेत गाउपालिका ले बिद्युत बिस्तार गर्न सकेको छैन।
यस्तै गाउपालिका को ५ नं वडाको कोल र गुरासेनी, वडा नं ६ को टोड्केलेख र खमारी, वडा नअं ७ को गासी र उपल्लो पोठापका वासिन्दाले खानेपानीको ठूलो समस्या झेली रहेको कुरा त्यहाँ बाट फनाधर बुढा मगरले राप्ती पहिचान लाई बताए। गाउपालिकाको ३,४,५, र ६ नं
वडाको तिखेचुली,भेडावारी, ठाँटिचौर,गदारी,जहरे,झिँगा, कोल,आरुगैरा र भित्रीगैराका वासिन्दा संचार सुविधा समेत बाट वञ्चित छ्न ती ठाउँ हरुमा मोबाइल नेटवर्क छैन बुढाले फेरि भने। अधिकांस जनता गरिबिको
रेखामुनी रहेका यस गाउपालिकामा स्थानिय सरकार आए पछी आफ्नो गाउठाँउमा बाटो बिद्युत खानेपानीको बिकास हुन्छ भन्ने आशा लागेको थियो तर त्यसो भएन हाम्रो वडामा बत्ती छैन मोबाइल टावर आउदैन बाटाघाटा नामका मात्रै छ्न तर गाउपालिका ले बिकास खर्च भन्दा
सेवा सुविधा खर्चमा ६ करोड बढी रकम खर्च गरेको कुरा सुन्दा अचम्म लाग्यो वडा नं ६ का जागेश्वर खत्रीले हामी सङ्गको कुराकानीमा भने। हाम्रो गाउपालिका दाङ्ग जिल्लाकै बिकट गाउपालिका हो यहाँ एक एक
रुपैयाँको महत्व छ तर भक्त बहादुर जी ले ६ करोड बढी रकम सेवा सुविधामै खर्च गर्नु भएछ हामीलाई त यो कुरा थाहा पनि थिएन हजुरले भने पछी थाहा भयो वडा नं ३ का भिम बहादुर रानाले अचम्म मान्दै भने।
केही राम्रो गर्लान भनेर भक्त बहादुर लाई अत्यधिक मतले जिताएका हौँ खास्सै केही गर्न सकेनन बरु यति ठूलो रकम सेवा सुविधामा खर्च गरेछ्न वडा नं ४ का रमेश खडका र वडा नं ५ का तेज बहादुर बुढाले एकै स्वरमा भने। बिकास खर्च भन्दा ६ करोड ३३ लाख ७८
हजार ५३६ रुपैयाँ बढी रकम सेवा सुविधामा खर्च गरेको गाउपालिका बाट १ करोड बढी रकम जनप्रतिनिधी हरुले नै भत्ता र पारिश्रमिक भनी बुझी लगेका छन नाम नबताउने शर्तमा एक कर्मचारीले हामी सङ्ग भने।
गाउँ गाउँ मा आएको सिंहदरवार ले जनतालाइ सेवा सुविधा र बिकास दिन्छ भन्ने आशामा बसेका जनता लाई कर को भारी बोकाएको सिंहदरवारले बिकास खर्च भन्दा सेवा सुविधा खर्च बढी गरेको देख्दा गाउमा पञ्चायत दरबार आए जस्तो महसुस गर्न थालेका छन। गाउपालिका का अध्यक्ष भक्त बहादुर वली ले २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट चुनाव जितेका हुन।
©2023 Rapti Pahichan. All rights reserved.