रमा बुढा मगर–=====
तुलसिपुर २३ साउन २०७८, तुलसिपुरको वडा नं ३ को डाँडाखुटी बल्ले मख्खनटाकुरी सडक बजेट नपाउदा दिनानुदिन जिर्ण बन्दै गइ रहेको छ। २०६४ सालमा तत्कालिन वडा नं ७ का २३५ घर धुरी स्थानिय वासिन्दा को प्रती घर धुरी ३७ दिन जनश्रमदान तत्कालिन तुलसिपुर नगरपालिका को ४० लाख बजेट बाट
डाँडाखुटी बल्ले मख्खनटाकुरी सडक निर्माण कार्य सुरु भएको थियो। तुलसिपुर बजार देखि बल्ले सम्म १५ . ६९९ मिटर दुरी रहेको उक्त सडक हाल अत्यन्तै जिर्ण अवश्थामा पुगेको छ।
२०७४ साल सम्म स्थानिय सरकारका लागि जनप्रतिनिधी निर्वाचित भएर नआउदा सम्म नगरपालिकाले बर्सेनि बजेट छुट्ट्याइ मर्मत सम्भार गर्दै आइ रहेको सडकमा जनप्रतिनिधी आए देखि एक रुपैया पनि बजेट परेको छैन।
२०७४ सालमा नेकपा एमाले का उमेदवार वीर बहादुर बिक (बिजय) अध्यक्ष जितेर आए पछी उनले आफ्नो पालामा यो सडक का लागि न बजेट छुट्ट्याए न कतै पहल नै गरे प्रतापकोट का लिलामणी बाँठाले राप्ती पहिचान सङ्ग भने।
हामिले दिन दिनै फोन गरेर बाटो बनाइदिन अनुरोध गर्ने गरेका छौ। यो बाटो लाई पनि बजेट दिनु पर्यो भनेका छौँ तर वडा अध्यक्ष ले हाम्रो कुरा सुन्दैनन। हामी जोखिमपुर्ण यात्रा गर्न बाध्य छौ गैरानाउला का सुरेन्द्र बुढा बताउछन।
बिजय ले चुनाव जितेको ४ वर्ष पुग्यो भने उनको कार्यकालको अन्तिम बजेट पनि ल्याइ सके तर यो सडक का लागि एक रुपैयाँ बजेट छुट्याएको देखिन्न । उनले जे जति बिकास गरे आफ्नै घरको आसपास गरे हामी लाई पत्याउदैनन लिलामणी बाँठाले फेरि आक्रोश पोख्दै भने।
हामिले अध्यक्ष ज्यु लाई बारमबार बाटो बनाइ दिन आग्रह गरेका छौ तर वहाँले हुन्छ मात्रै भन्नू हुन्छ बनाइदिनु हुन्न बाटो नहुँदा हामी हरुले लगाएको लाखौ रुपैयाँको तरकारी बारिमै कुहिएर गयो बल्ले किमगैरा का धन बहादुर खत्री बताउछन।
अति भयो हामिलाइ टेरेनन मेयर लाई भेटेर कुरा राख्न खोज्दा मेयर भेटिन्नन। मेयर घनश्याम पाण्डे ले पनि यो बाटो का लागी उनको कार्यकालमा कहिल्यै बजेट छुट्याएनन, भेट्न जाँदा भेट पनि दिन्नन, वडा अध्यक्ष ले हामी हरुलाइ पत्याउदैनन त्यसैले संचारमाध्यम गुहार्न बाध्य भयौ किमगैरा का वीर बहादुर बुढाले हामी सङ्गको कुराकानीमा भने।
बिजयले यो बाटो लाई लत्याए कहिल्यै हेरेनन हामी साविक ७ का वासिन्दा लाई सौतेला व्यवहार गरे, उनले आफ्नो घर छेउछाउ भने सडक पिच गरि सकेका छन भने हाम्रो गाउँ जाने बाटो को अवश्था यस्तो दर्दनाक छ दाङपानीका नेप बहादुर बुढा बताउछन।
जे होस तुलसिपुर सिटी लाई स्मार्ट सिटी बनाउछु भनेका मेयर घनश्याम पाण्डे र मेरो कार्यकालमा ३ नं वडाको काँचुली फेर्छु भन्दै आएका वडा अध्यक्ष वीर बहादुर बिक लाई डाँडाखुटी बल्ले मख्खनटाकुरी सडकको यो बेहाल ले गिज्याइ रहेको छ।
©2023 Rapti Pahichan. All rights reserved.