रमा बुढा मगर–====
दाङ्ग १९ साउन २०७८, दाङ्गको दङ्गीशरण गाउपालिका ले आ,व २०७७/०७८ मा बिकास खर्च भन्दा सेवा सुबिधा खर्च बढी गरेको पाइएको छ। गाउपालिकाले सार्वजनिक गरेको सेवा सुबिधा खर्च (चालु खर्च) र पुंजिगत खर्च बिबरण ले यस्तो देखाएको छ।
गाउपालिका ले पुंजिगत खर्च ( बिकास खर्च) तर्फ १५ करोड १ लाख २० हजार ९९ रुपैयाँ खर्च गरि विभिन्न शीर्षक का बिकासे काम गरेको देखाइएको छ भने सेवा सुबिधा खर्च ( चालू खर्च) तर्फ २२ करोड ३३ लाख ३९ हजार ४८ रुपैयाँ खर्च गर्दा बिकास खर्च भन्दा ७ करोड ३२ लाख १८ हजार ९४९ रुपैयाँ बढी खर्च गरेको पाइएको छ।
सेवा सुविधा खर्च तर्फको हिसाब संकेत नं २२५२२ बाट ५ पटक निकासा गरि कार्यक्रम खर्च शिर्षकमा मात्रै ७ करोड ३९ लाख ३८ हजार ६८९ रुपैयाँ सेवा सुबिधा मा खर्च गरेको पाइएको छ। यसै गरि गाउपालिका को खर्च संकेत नं २११४२ बाट पदाधिकारी को सेवा सुविधा का लागी ७७ लाख ४० हजार ६०० र खर्च संकेत नं २११४१ बाट
पदाधिकारी को बैठक भत्ता भनी २४ लाख ३९ हजार ८९५ रुपैयाँ गरि जम्मा १ करोड १ लाख ८० हजार ४९५ निकासा गरि पदाधिकारी हरुले बुझी लगेको खुलेको छ। त्यसै गरि विविध खर्च तर्फ २३ लाख २ हजार २८६ रुपैयाँ खर्च गरेको गाउपालिका ले भ्रमणमा मात्रै १४ लाख ९६ हजार ६१५ रुपैयाँ फजुल खर्च गरेको पाइएको छ।सो रकम पालिका को चालू खर्च संकेत नं २२६१२ बाट खर्च भइ गएको देखाइएको छ।
त्यस्तै महंगी भत्ता तर्फ ७ लाख ७८ हजार फजुल खर्च गरेको दङ्गीशरण गा पा ले इन्धन (डिजल,पेट्रोल)मा मात्रै १८ लाख ९५ हजार ३९७ रुपैयाँ खर्च गरेको पाइएको छ। यति ठूलो रकम ले हाम्रो गाउमा जाने बाटो ग्राभेल हुन सक्थ्यो, बबइ नदि लाई तटवन्ध गरि हाम्रो जग्गा जमिन लाई बगाउन बाट बचाउन सकिन्थ्यो तर फजुल खर्चमै
बजेट सिद्याएछन वडा नं १ का एक स्थानिय ले नाम नबताउने शर्तमा आक्रोश पोख्दै राप्ती पहिचान लाई बताए। खोइ कहाँ छ गाउपालिका अथवा स्थानिय सरकार हामी लाई थाहा छैन बिकास के हो देखेका छैनौ वडा नं १ मलैठाँटीका वासिन्दा बताउछन। भागीराम लाई हामीले भोगेको दुखको बारेमा के थाहा होला र
वर्षामा बिरामी भैयो भने डोकोमा बोकेर नदि तारेर अस्पत्ताल लैजानु पर्छ तर उनी हरु खानपिनमै मस्त छन कुनै सरकार आए पनि हाम्रा दुख कही गएनन फुर्केसल्लीका एक स्थानिय ले नाम नबताउने शर्तमा भने। गाउपालिकाको दुर्गम बस्ति हरुमा कस्टकर जीवन बिताइ रहेका नागरिक हरुले बिकास को आशा गरि
रहेको बेला गाउपालिका का पदाधिकारी/ कर्मचारी हरु भने आफ्नै सेवा सुविधा तर्फ केन्द्रीत भएको कुरा दङ्गीशरण गाउपालिका को चालू खर्च र पुंजिगत खर्च विवरणले प्रस्ट पारेको छ।
©2023 Rapti Pahichan. All rights reserved.