रमा बुढा मगर–===
तुलसिपुर १२ साउन २०७८, सामाजिक कार्य र मानविय सेवाका लागि गठन भएको रोटरी क्लब अफ तुलसिपुर सिटी ले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइ रहेको छ। यसै क्रममा रोटरी क्लब अफ तुलसिपुरले आज राप्ती प्रादेशिक अस्पत्ताल परिसरमा सरसफाइ गरेको छ। ग्रीन तुलसिपुर,क्लिन तुलसिपुर नारा दिएर आज राप्ती प्रादेशिक अस्पत्ताल परिसरमा सरसफाइ गर्ने काम गरेका छौँ क्लबका अध्यक्ष शिव श्रेस्ठ ले राप्ती पहिचान लाई बताए।
रोटरी क्लब समाज सेवा र मानव सेवाको लागि जन्मेको हो, सो हामी निरन्तर सामाजिक कार्य र मानव सेवामा खटी रहेका छौ निरन्तर खटी रहने छौँ श्रेस्ठले भने।
क्लबले गएको साउन ९ गते तुलसिपुर ६ गाइडहर श्थित लाइन्स क्लब आसपास खाली रहेको जमिनमा बृक्षारोपन पनि गरेको छ। बृक्षारोपन कार्यक्रम रोटरी क्लब, रोट्र्याक्ट र इन्ट्र्याक्टको सहभागीता भएको कुरा श्रेस्ठ ले अगाडि भने। अस्पत्ताल परिसरमा सरसफाइ र बृक्षारोपन कार्यक्रम मा रोटरी क्लब अफ तुलसिपुरका पुर्व प्रेसिडेन्ट बिमल रिजाल, राजेन्द्र श्रेस्ठ,देव बहादुर केसी लगायत को सहभागीता रहेको कुरा हाम्रा समाचारदाता ले बताए।
©2023 Rapti Pahichan. All rights reserved.