रमा बुढा मगर-====
तुलसिपुर जेठ १२/ २०७८ कोरोना महामारीको चपेटामा परेर दिबंगत हुनुभएकी तुलसिपुर ५ कि अन्जना खडका वली का पति डिल बहादुर वली ले स्वर्गीय पत्नीअञ्जना खडकाको सम्झनामा लकडाउनका कारण दैनिक ज्याला मज्दुरी गरि खान बाट वञ्चित भएका अत्यन्त
दुखी गरिब लाई खाद्यान्न सहयोग गर्नु भएको छ! वहाँ ले तुलसिपुर १७ झिंगै का १२ घर धुरी अति विपन्न लाई खाद्यान्न सहयोग गर्नु भएको हो! २०३४ सालमा सल्यानको बाँफुखोला भन्ने ठाँउमा जन्मिनु भएका वली को दाङ्ग गोलटाकुरी बस्ने धनिराम खडका कि छोरी अन्जना खडका सङ्ग बिबाह भएको थियो भने अञ्जना
खडका वली को २० दिन अघी ४० वर्ष को उमेरमा अल्पआयुमै कोरोना संक्रमित भए पछि उपचारको क्रममा बुटवलमा निधन भएको हो! कम उमेरमै श्रीमती गुमाएपछी भावबिह्रल बनेका डिल बहादुर ले आफुले आफैलाइ सम्हाल्दै यो सामाजिक कार्य गर्नु भएको हो! जीवन सङ्गीनी गुमाउदा कसलाइ पीडा नहोला र म पनि अचम्म दुख पिडामा छु, दुख
पीडा भुल्न तपाईं हरुलाइ मेरो गातीगक्षले भ्याए सम्म खाद्यान्न उपलब्ध गराएको छु खुशी खुशी यो खाद्यान्न लगी दिन बिनम्र अनुरोध गर्दछु राहत सामग्री लिन आएका तुलसिपुर १७ झिंगैका १२ घर धुरी विपन्न परिवारलाइ वली ले अनुरोध गरे! खाद्यान्न बितरण गर्दै गर्दा वली ले आफ्नो
परिवारमा घटेको घटना सुनाउदा सबैको अनुहार मलिन बनेको थियो! श्रीमती अञ्जना खडका वली लाई श्रद्वान्जली स्वरुप आफुले विपन्न परिवारलाइ खाद्यान्न दिएको कुरा वली ले राप्ती पहिचान लाई बताए! वलीको यो सामाजिक कार्य लाई तुलसिपुर ५ हाल वैदेशिक
रोजगारीको सिलसिलामा कतारमा रहेका मायाँराम चौधरीले पनि सहयोग गरेका छन! चौधारी ले यो कार्यका लागी १५१००/ रुपैया वली लाई पठाउनु भएको थियो भने वली ले त्यो रकममा १०१००/ रुपैयाँ थपेर विपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराउनु
भएको हो! वली राप्ती जनता यातायात सेवा प्रा लि का अध्यक्ष, तुलसिपुर श्थित दरवार गेस्ट हाउसका संचालक र नेपाली काँग्रेस का वफादार युवा नेता हुनुहुन्छ!
©2023 Rapti Pahichan. All rights reserved.