रमा बुढा मगर-=====
तुलसिपुर बैशाख २५/ २०७८, तुलसिपुर ३ गहते मा एक जना होमआइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ! सल्यान दार्मा गाउपालिका वडा नं ६ मलिबाङ्गमा २०२० सालमा जन्मेका ५८ वर्षिय तप्त बहादुर चन्दको गए राती तुलसिपुर ३ गहते ढकालडाँडा श्थित आफ्नै घरमा मृत्यु भएको हो! चन्द
नेकपा एमालेको तुलसिपुर ३ को वडा कमिटी सदस्य हुन! चन्दको मृत्यु ले सिङ्गो वडा कमिटी लाई अपुर्णनिय क्षति पुगेको छ नेकपा एमाले का जिल्ला सदस्य तथा तुलसिपुर ३ का वडा अध्यक्ष वीर बहादुर बि क ले राप्ती पहिचान लाई बताए! तप्त बहादुर चन्द भौतिक रुपमा हामी माझ नरहे पनि उनले नेकपा एमाले मा गरेको
योगदान इमानदारीता र लगनसिलता हामी हरु लाई नै छोडेर जानू भएको छ त्यसैले यस्तो महामारी रोग बाट मृत्यु भएका आफ्नो पार्टी सदस्य लाई जोखिम मोल्दै भए पनि पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्वान्जली दिन नेकपा एमाले ले मलाइ पठाएको हो बि क ले अगाडि भने! हाम्रो बुवा लाई बचाउन वडा अध्यक्ष ज्यु ले अचम्म
कोसिस गर्नु भएको हो, घरमै अक्सिजन सिलिन्डर र बेला बेला डाक्टर सङ्ग को परामर्स मा औषधि उपचार पनि उपलब्ध गराउनु भएको थियो तर बुवा कोरोना मात्रै नभइ अन्य रोग बाट पनी थलिनु भएका ले बचाउन सकिएन यो सहयोग हाम्रो परिवारले कहिल्यै बिर्सने छैन चन्द का जेठा छोरा बिरेन्द्र चन्द ले हामी सङ्ग भने! बुवा
कोरोना लागेर बित्नु भयो बुवाको पार्थिव शरिरलाइ हामी तीन भाइले घाटमा ल्यायौं घाटमा गाउले हरुले चिता तयार पारी दिनु भएको थियो त्यही बुवाको पार्थिव शरिर लाई ब्यबश्थापन गरेका छौ माइला छोरा सेर बहादुर चन्दले बताए! अब हामीलाइ पनि कोरोना लाग्ने
होला हाम्रा बुवालाइ जिताएर मृत्यु वरण गर्न वाध्य कोरोना लाई हामी तीन भाइले अबश्य जित्ने छौ भन्ने लागेको छ हजुर हरुले आशीरद दिनु होला कान्छा छोरा मोहन चन्द बताउछन! तप्त बहादुर चन्दको आजै तुलसिपुर ३ को त्रीबेणी घाटमा अन्त्यस्ती गरिएको छ भने उनी हाइ प्रेसर को बिरामी पनि थिए!
©2023 Rapti Pahichan. All rights reserved.