रमा बुढा मगर -====
तुलसिपुर बैशाख ८/ २०७८, पछिल्लो समय धन पैसा कमाउन बिदेशी भुमी लाई गन्तब्य बनाउदै आएका नेपाल का युवा जनशक्ती का अगाडी नेपाल मै बसेर पनि धन पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन तुलसिपुरका एक युवा! २०३८ सालमा सल्यान ढाकाडाम हाल दार्मा गाउपालिका वडा नं ६ मलिबाङ्ममा
जन्मिएका भद्र बहादुर के सी २०६५ सालमा बसाइ सराइ गरी दाङ्गको तुलसिपुर उपमनपा वडा नं ३ गहते भन्ने ठाँउमा आएका हुन! गहतेमा आइ सके पछी उनले के सी कृषि फर्म दर्ता गरि २०६७ साल देखी निरन्तर रुपमा बेमौसमी र मौसमी तरकारी खेती गर्दै आइ रहेका छ्न! सुरुमा आफ्नो जमिन १० गट्ठा बाट तरकारी खेती
सुरु गरेका भद्र बहादुरले हाल थप डेढ बिगाह जग्गा भाडामा लिएर तरकारी खेती गरी रहेका छन! आफ्नो र भाडामा लिएको डेढ बिगाह जग्गामा हाल उनले काँक्रा, भान्टा, सिमी, टमाटर, खुर्सानी, बन्दा काउली, तितेकरेला, लौका जातका तरकारी बेमौसमी र मौसमी दुवै सिजनमा गर्दै आइ रहेका छन भने वार्षिक १० देखि
१२ लाख रुपैया सम्म आम्दानी पनि गरि रहेका छन! दाङ्ग झरेकै वर्ष धन कमाउन भन्दै अरु युवा जस्तै उनी पनि दुवइ पुगेका थिए! बिदेशमा दिनमा १२ घन्टा सम्म काम गरेका के सी ले १२ घन्टा काम नेपालमै गरे त्यही केही गर्न सकिन्छ भन्ने आँटका साथ के सी २०६७ सालमा नेपाल फर्किएका हुन! नेपाल फर्किए लगत्तै
कृषि फर्म दर्ता गरि कृषि पेशामा लागेका के सी ले हाल आफ्नै घर आँगनमा रहेको खेतबारी बाट वार्षिक रुपमा बिदेशमा कमाउने भन्दा बढी कमाइ गरि रहेको कुरा राप्ती पहिचान लाई बताए! हामी उतपादन गर्न सक्छौ सरकार ले बजार ब्यबश्थापन गरीदिनु पर्छ उनले अगाडि भने! अन्य देश हरुमा वास्तविक किसान
पहिचान गरि बीउ मल र तरकारी खेतीमा चाहिने विषादी हरुमा सबसिडी दिइएको हुन्छ तर हाम्रो देशमा सरकारले यता तर्फ ध्यान दिएको पाइदैन किसान हरुलाइ पहिचान गरि सबसिडी उपलब्धा गराए नेपालका किसान हरु नेपाली जनतालाई आवश्यक खाद्यान्न सामग्री नेपालमै फलाएर दिन सक्षम छन उनले फेरि भने!
२०७३ सालमा रास्ट्रपती उत्कृस्ट कृषक पुरस्कार बाट पुरस्कृत भइ सकेका केसी हाल तुलसिपुर उपमहानगरपालिका का हरित स्वयम् सेवक पनि हुन! बाह्रै महिना तरकारी खेती गर्दै आइ रहेका केसी को खेतबारीमा हाल काँक्रो, भिन्डी टमाटर खुर्सानी लौका बन्दा र काउली लटरम्म सङ्ग फलेका छन भने केही फल्दिने तयारीमा छन!
केसी ले अरु किसान हरुलाइ पनि बेमौसमी तरकारी खेतिमा लाग्न उत्प्रेरित गर्ने गरेका छन! उनकै बाटो पछ्याएर हाल तुलसिपुर ३ गहतेमा स्थानिय सेतु वली ले १ बिगाह जग्गामा बेमौसमी तरकारी खेती गर्न थालेको कुरा स्वयम् सेतु वली बताउछन! केसी ले गरेको काम बाट प्रेरित भएर हाल त्यस भेगमा बिरेन्द्र बुढा ,
एकराज भन्डारी चन्द्र प्रकाश मल्ल बम बहादुर मल्ल भानेश्वार खत्री र शिव कुमार केसी लगायत ले बेमौसमी तरकारी खेती गर्न थालेको कुरा उनी हरुले बताए!
©2023 Rapti Pahichan. All rights reserved.