रमा बुढा मगर -======
तुलसिपुर चैत २६, तुलसिपुर उपमनपाको कृषि शाखाले तुलसिपुर क्षेत्रका किसान हरुको खेत बारी को माटो परिक्षण गर्न सिविर संचालन गरेको छ! चैत २५ गते एकदिने सिविरमा ४५२ जना किसानले आफ्नो खेत बारीको माटो परिक्षण गराएको कृषि शाखा प्रमुख धनराज गौतम ले राप्ती पहिचान लाई जानकारी गराए!
सिविरमा तुलसिपुर उपमनपा को ५ नं वडा बाहेक अन्य सबै वडाका किसान हरुले आफ्नो खेतबारीको माटो परिक्षण गराएका हुन! तुलसिपुर उपमनपा भित्र का ६० वटा कृषि सहकारी संस्था संग समन्वय गरेर यो कार्यक्रमको आयोजना गरिएको हो गौतम ले अगाडि भने! किसान हरुले खेती गर्छन तर आफ्नो खेतबारीको
माटो कुन अवश्थामा छ भनेर जानकारी नहुदा किसान ले गरेको खेतीले सोचे जस्तो उत्पादन दिँदैन र किसान निरास हुने गरेको पाइन्छ गौतम ले फेरि भने! उनका अनुसार माटोमा नाइट्रोजन ५ प्रतिशत, पिएच र फसफोरस को मात्रा ६.५ देखि ७.५ प्रतिशत पिएच भए उक्त माटो खेती योग्य मानिन्छ! माटो जाँच गर्दा यी मात्रा कम भएको पाइएमा माटोमा अमलियपनको मात्रा बढेको मान्नु पर्छ उनले भने!
माटोमा अमलियपनको मात्रा बढेमा खन्चुवा बाली बाहेक अन्य बाली लाई असर पुर्याउछ वरिश्ठ माटो बिज्ञ इन्द्र बहादुर ओली ले बताए! धान, गहुँ,मकै,आलु चिया लगायतका बाली खन्चुवा बालीमा पर्दछन! उनका अनुसार खन्चुवा बाली बाहेक माटोमा अमलियपनाको प्रतिशत बढी भएमा तरकारी बाली जस्तै खुर्सानी,भांटा,
काउली, वन्दा र टमाटर लाई बढी असर गर्ने कुरा उनले बताए!! अमलिय माटोमा घुलनसिल तत्व बढी हुने र घुलनसिल माटो छिटो जम्ने र बालीनाली ले माटो बाट उर्वर तत्व लिन नसक्ने भएका ले किसान हरुको खेतबारीमा उत्पादन नहुने कुरा वली ले बताए! २५ गते दिन भरी माटो परिक्षण गरेका हौँ आज किसान हरुलाइ
जम्मा पारेर माटोको बारेमा जानकारी दिनका लागि प्रशिक्षण दिएका छौँ शाखा अधिकृत गौतम ले भने! माटो ब्यबश्थापन तालिम मा किसान सहित तुलसिपुर क्षेत्र बाट संचालित कृषि सहकारी संस्था का अध्यक्ष तथा प्रतिनिधीको उपश्थिती रहेको थियो!
©2023 Rapti Pahichan. All rights reserved.