रमा बुढा मगर—=
तुलसिपुर फागुन १५, नेपाल गणतान्त्रीक खेलकुद महासंघको आयोजनामा दाङ्गको तुलसिपुरमा ४ दिने खुल्ला पुरुष भलीबल प्रतियोगीता एक कार्यक्रम का बिच उदघाटन भएको छ! तुलसिपुरको अरनिको खेल मैदानमा सो प्रतियोगीता सुरु भएको हो! महासंघका
केन्द्रीय अध्यक्ष जयन्द्र बहादुर चन्दको सभा अध्यक्षमा भएको उदघाटन सभाको प्रमुख अतिथीमा दाङ्गका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र विशिष्ट अतिथिमा दाङ्ग प्रहरी प्रमुख गणेश चन्द रहेको नेपाल गणतान्त्रीक खेलकुद महासंघ का कोषाध्यक्ष रोशण बहादुर चन्दले जानकारी दिए!
फागुन १५ गते देखि सुभारम्भ भएको भलीबल प्रतियोगीता फागुन १८ गते सम्म संचालन हुने चन्द ले राप्ती पहिचान लाई बताए! प्रतियोगीताका लागि अहिले सम्म ९ वटा टिमले नाम दर्ता गराएका छन तर खेल सुरु हुनु भन्दा पहिला थप टिम ले नाम दर्ता
गराउन आए प्रतियोगीतामा समावेश गरिने कुरा उनले बताए ! भलीबल तर्फ नयाँ खेलाडी उत्पादन र खेलकुदमा बैज्ञानिक आमूल परिवर्तन का साथै भलीबल खेल प्रतीको प्रचार प्रसार का निमित्त प्रतियोगीता संचालन भएको हो चन्दले फेरि भने!
नेपाल गणतान्त्रीक खेलकुद महासंघ का केन्द्रीय उपाध्यक्ष चक्र बहादुर सिंहको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को संचालन महासंघका महासचिव बिनोद चन्दले गरेका थिए!
©2023 Rapti Pahichan. All rights reserved.