रमा बुढा मगर—=
तुलसिपुर फागुन ६ , लुम्बिनी प्रदेश का मुख्यमन्त्री शंकर पोख्रेलका स्वकिय सचिव सरोजकुमार रेग्मी ले पत्रकार माथी हातपात गरेका छन! बिहिवार तुलसिपुर उद्योग वाणिण्ज्य संघको सभा हलमा टिचफर नेपाल ले आयोजना गरेको तुलसिपुर असर २०७६ सार्वजनिक कार्यक्रम नामक कार्यक्रम लाई सम्बोधन गर्न मुख्यमन्त्री पोख्रेल दाङ्गको तुलसिपुर आएका थिए! सो ही कार्यक्रम मा समाचार संकलन गर्न पुगेका स्वतन्त्र पत्रकार एग्गे बहादुर बुढा मगर लाई सरोज कुमार रेग्मी
ले स्वतन्त्र पत्रकार ले समाचार संकलन गर्न पाइदैन भन्दै बुढा लाई हातपात गरेका हुन! उद्योग वाणिण्ज्य संघको सभा हलमा संचालन भइ रहेको कार्यक्रम को समाचार संकलन गर्न बिहान ९ बजे त्यहाँ पुगेका बुढा ले मुख्यमन्त्री को फोटो खिच्न अगाडि जाँदा स्वतन्त्र पत्रकार अगाडि जान नपाउने भने पछी बिवाद भएको थियो! त्यस पछी रेग्मी ले बुढा को देब्रे हात समातेर मन्ट्याएका थिए! पार्टी समर्थक पत्रकार बाहेक अरुले समाचार संकलन गर्न पाइदैन पछाडी जाउ भन्दै रेग्मी ले बुढा माथी हातपात गरेका हुन!
यता राप्ती पहिचान डटकम ले यस्तो कार्यको निन्दा गरेको छ! जुनसुकै पार्टी बाट चुनाव जितेका भए पनि मुख्यमन्त्री सबैका साझा हुन सबै संचार माध्यम ले समाचार संकलन गर्न पाउनु पर्छ राप्ती पहिचान डटकम का प्रधान सम्पादक मंगलसिङ घर्ती ले हामी लाई भने! मुख्यमन्त्री शंकर पोख्रेलका स्वकिय सचिव सरोज कुमार रेग्मी ले गरेको यस्तो काम निन्दनिय छ यसको घोर निन्दा गर्दछु उनले भने! मुख्यमन्त्री टिचफर नेपाल नामक एन जि ओ को कार्यक्रम लाई सम्बोधन गर्न दाङ्ग आएका थिए!
©2023 Rapti Pahichan. All rights reserved.