रमा बुढा मगर—=
तुलसिपुर फागुन ४, तुलसिपुर ३ श्थित सरस्वती माद्यामिक विद्यालय दमारगाँउले आफ्नो ४४औ वार्षिक उत्सव बिभन्न कार्यक्रम गरि मनाएको छ! विद्यालय का प्रधान अध्यापक बसन्तप्रसाद न्यौपाने को सभा अध्यक्षमा भएको कार्यक्रममा सरस्वती पुजा लगायत शुभकामना साटासाट गरिएको थियो! कार्यक्रम का प्रमुख अतिथी वडा नं ३ का वडा अध्यक्ष वीर बहादुर
विक ले विद्यालय को प्रगती को कामना गर्दै आफ्नो कार्यकालमा यस विद्यालय लाई वडा सरकारको तर्फ बाट सक्दो सहयोग गर्ने वाचा गरेका थिए! विद्यालयका शिक्षक शिवराज पोख्रेल को स्वागत मन्तब्य बाट सुरु भएको सभामा विद्यालय ब्यबश्थापन समितिका पुर्व अध्यक्ष बालाराम गौतम, शिक्षाप्रेमी टोप बहादुर वि क ,प्रा वि रानागाँउका प्रधान अध्यापक खगेन्द्र खरेल, लगायतले शुभकामना मन्तब्य राखेका थिए! कार्यक्रम मा वर्ष भरी गरिएको अतिरिक्त कृयाकलापमा प्रथम द्वतिय र तृतिय छात्रछात्रा लाई पुरस्कार वितरण गरिएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक प्रकाश शर्मा ले गरेका थिए!
©2023 Rapti Pahichan. All rights reserved.