रमा बुढा मगर—=
तुलसिपुर माघ ३०, तपाइको जग्गा कसैले मिच्यो भने तपाईं प्रशासन लाई गुहार्नु हुन्छ, किन भने प्रशासन लाई तपाइले विश्वास गर्नु हुन्छ! तर त्यही प्रशासन को स्वामित्वमा रहेको जग्गा लामो समय देखि अतिक्रमण को चपेटामा परेको कुरा बाहिर आएको छ! यसरी चपेटामा परेको जग्गा जिल्ला प्रशासन कार्यालय दाङ्ग को हो! हालको घोराही उपमनपा वडा नं १६ को कपासी र सानीअम्बापुरमा रहेको जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको ७ विगाह जग्गा अतिक्रमणमा परेको हो! यो जग्गा २०२८ साल देखि अतिक्रमणमा परेको रहिछ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ले राप्ती पहिचान सङ्ग भने! गृह मन्त्रालय बाट अतिक्रमण हटाउनु भनेर आदेश आएको छ आदेश आए पछी सहायक प्रमुख जिल्ला अधिकारी को संयोजक्त्वमा जिल्ला प्रहरी प्रमुख, अनुसन्धान र शसस्त्र प्रहरी प्रमुख सदस्य रहेको अध्ययन समिती बनाएका छौ समिती को प्रतिवेदन आए पछी अतिक्रमण हटाउन सुरु गर्छौ उनले भने! ४९ वर्ष अघि अतिक्रमणमा परेको जिल्ला प्रशासन कार्यालयको जग्गा बाट अतिक्रमण हटाउनु भनी गृह मन्त्रालय ले माघ २७ गते आदेशात्मक पत्राचार गरे पछी अतिक्रमण हटाउन अध्ययन समिती गठन भएको हो! जग्गा फिर्ता हुन्छ कि हुदैन भन्ने प्रश्न मा सरकारी जग्गा कसैले पनी लिन मिल्दैन जसरी पनि अतिक्रमण हटाउछौ आचार्य ले अगाडी भने! नागरिक को जिउ धन को सुरक्षा र शान्ती सुरक्षा का लागी नागरीक ले विश्वास गर्ने जिल्ला प्रशासन कार्यालय को आफ्नै जग्गा अतिक्रमण परेको खबर ले नागरिक अचम्म मा परेका छन!
©2023 Rapti Pahichan. All rights reserved.