रमा बुढा मगर—-
तुलसिपुर माघ २८, सयुक्त राज्य अमेरीका को न्युयोर्क सिटिमा बस्दै आइ रहेका एक जना ११ वर्षिय बालक ले तुलसिपुर ३ राम्री का ९ वर्षिय बालक सुमन वि क लाई सहयोग रकम पठाएका छन! सहयोग गर्ने बालक अमेरीका मा बस्दै आइ रहेका इशान पौडेल हुन! इशान ले बा ले आँखा देख्नु हुन्न आमा मरी जानू भो आमाको किरिया बसेको छु घरमा खाने चामल छैन भन्दै आँसु झार्दै मिडियामा आएका सुमन वि क लाई आमा को किरिया खर्च सहयोग पठाएका हुन! राप्ती पहिचान डटकम मा प्रकाशित समाचार बाट सुमन को बारेमा थाहा पाए पछी उनले १११००/ रुपैयाँ सहयोग सुमन वि क लाई पठाएका हुन! इशान अमेरीका मा कक्षा ६ का विद्यार्थी हुन! ९ वर्षको बालक आमाको किरिया बसेको घरमा खाने सम्म नभएको कुरा थाहा पाए पछी दया लागेर सुमन लाई सहयोग गरेको हु उनले भने! इशान ले अमेरीका मा पनि सामाजिक कार्य हरुमा सहयोग गर्दै आएका छन! आमाको किरिया बसेको घरमा खाने सम्म नभएको बेला मैले सुमन भाइ लाई सहयोग गर्न पाउँदा खुशी लागेको छ इशान पौडेल ले राप्ती पहिचान सङ्ग भने! यता सुमन वि क ले इशान लाई धन्यवाद दिएका छन! धन्यवाद इशान दाइ, म अप्ठेरो परेको बेला सहयोग गर्नु भयो तपाईं दानविर हुनुहुदो रहिछ तपाईं लाइ धन्यवाद सुमन वि क ले राप्ती पहिचान सङ्गको कुराकानीमा भने! सुमन वि क कि आमा मनकुमारी वि क को माघ २१ गते लोप्रेसर का कारण मृत्यु भएको हो! इशान ले पठाएको रकम माघ २७ गते रोटरी क्लब अफ तुलसिपुर सिटिका प्रेसिडेन्ट इलेक्ट शिव श्रेस्ठ ले सुमन वि क लाई हस्तानतरण गरेका छन!
©2023 Rapti Pahichan. All rights reserved.