रमा बुढा मगर—
तुलसिपुर माघ २७, बा ले आँखा देख्नु हुन्न आमा मरी जानू भो आमा को किरिया बसेको छु घरमा खाने छैन भन्दै मिडियामा आएका तुलसिपुर ३ राम्री का ९ वर्षिय बालक सुमन वि क लाई सहयोग जुट्न थालेको छ! यसै क्रम मा माघ २७ गते रोटरी क्लब अफ तुलसिपुर ले सुमन वि क लाई सहयोग गरेको हो! क्लब ले १७८०५ रुपैयाँ नगद र ३ क्विन्टल चामल १५ किलो दाल २५ लिटर खाने तेल र लत्ता कपडा सहयोग गरेको छ! सामाजिक अभियन्ता एग्गे बहादुर बुढा को फेशबुक वाल बाट सुमन वि क को बारेमा थाहा पाएको र दया लागेर सहयोग लिएर आएको कुरा रोटरी क्लब अफ तुलसिपुर का प्रेसिडेन्ट शुरेस हमाल ले राप्ती पहिचान लाई बताए! क्लब का प्रेसिडेन्ट इलेक्ट शिव श्रेस्ठको अभियानमा सहयोग रकम र सहयोग सामग्री जुटाएर सहयोग दिन आएका हौं हमाल ले भने! सामाजिक संजाल बाट जानकारी पाए पछि दया लागेर म आफुले ५१०० रुपैयाँ र बाँकी रकम साथी भाइ हरु सङ्ग मागेर जुटाएको हुँ क्लबका प्रेसीडेन्ट इलेक्ट शिव श्रेस्ठ ले हामी लाई भने! सहयोग गर्नेमा अमेरीकामा बस्दै आएका ११ वर्षिय इशान पौडेल नामक एक जना बालक पनि हुन उनले १११००/ रुपैयाँ सहयोग गरेका छन श्रेस्ठ ले भने! रोटरी क्लबको सामाजिक अभियान जारी छ सुमन लाई थप सहयोग जुट्दै छ त्यो पनि लिएर आउछौ श्रेस्ठ ले अगाडि भने! सुमन लाइ प्लस टु सम्म पढ्ने ब्यबश्था म गरि दिन्छु म यो प्रतीबद्दता जनाउछु प्रेसिडेन्ट हमाल ले फेरी भने! विभिन्न संघ संस्था र दानविर हरु बाट सहयोग उठ्ने क्रम जारी छ सुमन वि क लाई घर बनाइदिन अभियान चलाएको छु सामाजिक अभियन्ता एग्गे बहादुर बुढा मगर ले राप्ती पहिचान लाई भने! हाम्रो सामाजिक अभियानको अनुरोध लाई सम्मान गर्दै सहयोग जुटाइ सुमन लाई दिएकोमा रोटरी क्लब अफ तुलसिपुर लाई धन्यवाद भन्छु अभियन्ता बुढा ले अगाडि भने! सहयोग बितरण कार्यक्रम मा क्लब का पास्ट प्रेसीडेन्ट कुशल तर्ताल र क्लब का सचिव देवेन्द्र केसी सहभागी थिए!
©2023 Rapti Pahichan. All rights reserved.