तुलसिपुर, २३ माघ।
सप्तरी कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई सेवाग्राहीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।
जग्गा कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग घुस लिएको भन्ने उजुरी तथा निवेदनका आधारमा उनीहरूलाई समातिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए। यसबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
©2023 Rapti Pahichan. All rights reserved.