रमा बुढा मगर—
तुलसिपुर माघ ११, दाङ्ग जिल्ला को तुलसिपुर क्षेत्र देखि उत्तर तिरको आकासमा दिनको ३ बजेको समयमा अनौठो दृश्य देखा परेको छ! तुलसिपुर उपमहानगरपालिका को वडा नं ३ र ४ को सिमाना देखि उत्तर तिरको आकासमा यस्तो दृश्य देखा परेको हो! राप्ती पहिचान डटकम ले फोटो खिच्दा क्यामेरा ले क्याच गर्न सकेन! गोलोआकारको सेतो डल्लो जस्तो देखिने अनौठो दृश्य बिस्तारै दाङ्ग जिल्ला सङ्ग सटेको रोल्पा को भु-भाग हुँदै पुर्व तिर सर्दै गएको देखिन्छ! यसरी हेर्दा कुनै बिकसित देशको स्याटेलाइट नेपालको आकासमा देखा परेको हुन सक्ने अनुमान लगाउन सकिन्छ! तर यो के हो भन्ने बारेमा अझै पनि कुनै निकाय बाट आधिकारिक धारणा बाहिर आएको छैन!
©2023 Rapti Pahichan. All rights reserved.