तुलसीपुर, २१ पुस ।तुलसीपुर ८ अश्वारमा अटोले मोटरसाइकललाई ठक्कर दिदा एक युवक घाइते भएका छन् । भमकेबाट श्रिगाँउ तर्फ जादै गरेको रा ४ प १६१३ नम्बरको मोटरसाइकललाई सोहि दिसाबाट जादै गरेको नम्बर नखुलेको अटोले बिहान साढे १० बजेको समयमा ठक्कर दिदा मोटरसाइकल चालक ३० वर्षीय इन्द्र बहादु्र वली घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.