रमा बुढा मगर—-
घोराही पुस १४, पार्टी फुटको नजिक पुगेका बेला नेकपाका प्रभावशाली नेता युवराज ज्ञवाली ले चुनाव पनि नहुने र चुनाव नभए काङ्ग्रेस को बहुमत पनि नआउने कुरा बताएका छन! आफ्नै पार्टी का अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलि ले संसद विघटन गरि ताजा जनादेशमा जाने निर्णय का साथ बैशाखमा मध्यावधी निर्वाचन घोषणा गरे पछी अर्का अध्यक्ष प्रचन्ड र माधव नेपाल समूहले त्यसको बिरोध गर्दै आइ रहेको छ! ज्ञवाली माधव नेपाल समुहका प्रभावशाली नेता हुन! दाङ्गको घोराहिमा मंगलवार भएको बिरोध सभा लाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन! आफ्नै पार्टी को दुइतिहाइ सरकार लाई आफै हत्या गरेर फेरि दुइतिहाइ ल्याउछु भन्ने केपि वली को मूर्ख भनाइमा हामी लाई हाँसो लाग्छ उनले भने! नेपाली जनता ले नेकपा लाई रास्ट्रवादी पार्टी भनेर नै बहुमत जनादेश दिएको तर केपि वलिले जनताको मतको कदर गर्न नजानेको उनको भनाइ थियो! एक अर्को प्रसङ्गमा बिदेशी इसारामा यस्तो सब भएको भए पनि नेपाली ले बिदेशी इसारामा नचाउन आउने बिदेशी शक्ति लाई इतिहासको कालखन्डमा थुप्रै पटक मात दिएको कुरा पनि उनले बताए! नेपालको संविधान २०७२ मा मध्यावधी निर्वाचनमा जाने ब्यबश्था छैन बैशाख भन्दा अगावै सर्वोच्छ अदालत बाट न्यायिक फैशला भएर संसद पुन:स्थापना हुन्छ उनले भने! बिभाजनको संघारमा पुगेको नेकपा को दुई खेमाले आ आफ्नो समुहलाइ रास्ट्रवादी बताइ रहेका बेला नेकपा लाई भोट दिएका आम जनता भने अन्यौलमा परेका छन! हाम्रो मतादेशको कदर र सम्मान भएन घोराही १६ की एक महिला ले नाम नबताउने शर्तमा भनिन! कार्यक्रममा जाउ भने पछी आएकी हुँ खासै आउने मन थिएन उनले भनिन! नेकपाले घोराही को तुलसिपुर चोकमा गरेको बिरोध कार्यक्रम मा आम सर्वसाधारणको न्यून उपश्थिती रहेको त्यहाँ बाट हाम्रा शमाचारदाता ले बताए!
©2023 Rapti Pahichan. All rights reserved.