नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एक व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपा पार्टीको एकतालाई कुनै पनि असर नपर्ने जानकारी दिएका छन् ।सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले चालेका कदमविरुद्ध सबै दल एक हुन पनि अपिल गरेका छन् ।
उनले भनेका छन्, संसद विघटनको असंवैधानिक अलोकतान्त्रिक निरंकुश पश्चगामी एवं स्वेच्छाचारी कदमलाईविरुद्धमा लड्न सबैमा आग्रह छ ।उनले प्रधानमन्त्रीको उक्त क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा समेत दिएका छन् ।
©2023 Rapti Pahichan. All rights reserved.