रमा बुढा मगर—-
रुकुम मंसिर २३, तत्कालिन सरकार ले माओवादी बिरुद्द चलाएको किलोसेरा वान र किलोसेरा टु अप्रेसनकालमा धौ धौ ज्यान जोगाएका र माओवादी आन्दोलनमा परिवार र जिउ ज्यान समेत होमेका पुर्वी रुकुम तक घर भएका तेजेन्द्र खाम ले नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरेका छन! उनको पार्टी परित्याग लाई नेकपा को रुकुम उपश्थिती लाई अर्थपुर्ण तरिकाले हेरिएको छ! २०१५ सालमा बुवा धन बहादुर बुढा र आमा उपजी बुढाको कोष बाट जन्मेका बुढा २०५६ साल देखि भुमिगत भएका थिए! रुकुम मा मगर जातिको बाहुल्यता भएको र बुढा पनि मगर जाती कै चर्चित लोकप्रीय स्थानिय नेता भएको ले नेकपा भित्र को पुर्व माओवादी खेमा लाई बुढाको बहिर्गमन ले ठुलै क्षति पुग्ने अडकल गरिएको छ! बुढा लाई हामी ले तपाइले कम्युनिस्ट पार्टी किन छोड्नु भयो भनी सोध्दा अहिले त स्वयम् प्रचन्ड ले नै कम्युनिस्ट छोडी सकेकाले मैले कम्युनिस्ट छोड्नुले केइ अर्थ राख्दैन उनले भने! प्रचन्डको राजशी जीवन शैली ले उनले कम्युनिस्ट छोडी सकेको कुरा सबैले देखेकै छौ उनले राप्ती पहिचान लाई भने! कम्युनिस्ट हरुले जनता लाई झुक्क्याए, बरु काङ्ग्रेस ले जनता लाई झुक्क्याएको छैन किन भने काङ्ग्रेस ले हिजो पनि काङ्ग्रेस पुजिवादी पार्टी हो भन्थ्यो आज पनि त्यै बाटोमा इमान्दारिता पुर्वक हिडि रहेको छ! जनता लाई वर्गिय स्वायत्तता, वर्गिय मुक्ती को सपना बाँडेर आफू शासन गर्ने ठाँउ सम्म पुगे पछि माओवादी हरु आफै पनि नातावादी,कृपावादी, वर्गउत्थानवादी र जातीवादी भइ सके त्यसैले कम्युनिस्ट छोडेको हुँ उनले अगाडि भने! एक फरक प्रसङ्गमा उनले भने जनार्दन शर्मा लाई रुकुमको नेता बनाउने हामी हरु नै हौँ अब जनार्दन लाई जनता पनि हामी नै बनाउछौ! जनयुद्दको उदगम थलो रोल्पा र रुकुम त्यसै भएको र भनिएको होइन हाम्रा हजारौ रुकुमेली भाइ छोरा नानी बाबु हरुले प्राण को आहुति दिएर त्यो नाम पाएका हुन बुढा ले भने! जनार्दन शर्मा शासन गर्ने ठाउमा पुगे पछी शर्मा जाती ले मात्रै स्थान पाएको कुरा रुकुमेली हरुले छर्लङ्गै बुझीसकेका छन! अब जनार्दन सङ्ग रुकुमेली जनताले प्रश्न गर्ने छन हिजो भए भरको सपना बाँडेर हाम्रा छोरा छोरी बाउ आमा मरायौ खासमा मगर हरु अझ धेरै मरायौ खोइ त वर्गिय स्वायत्तता र जातिय स्वायत्तता! एक अर्को प्रसङ्गमा माओवादी का हिजो का भौतिकवादी बिचारआज आमा बाउ मर्दा सेतो कपडामा बेरिएर १३ दिन सम्म काजकृयामा बदलियो भने इनलाइ कसरी भौतिकवादी भन्ने उनले प्रती प्रश्न गरे! यसरी पनि हिजो का भौतिकवादी भनिने कम्युनिस्ट खासमा माओवादी हरु अध्यात्मवादी बन्दै गएको कुरा उनका आमा बाबू स्वास्नी मर्दा उनको व्यवहार ले पनि स्पस्ट पार्दै आएको छ!
©2023 Rapti Pahichan. All rights reserved.