रमा बुढा मगर—
तुलसिपुर मंसिर १८, दाङ्ग को तुलसिपुर क्षेत्रको एक विद्यालयमा गरिब दिन दुखी का बालबालिका र जेहेन्दार बालबालिका लाई स्कुल ड्रेस र पाठ्यसामग्री बितरण गरिएको छ! तुलसिपुर उपमहानगरपालिका वडा नं ३ को हर्नेटी श्थित प्राथमिक विद्यालय मा यस्तो गरिएको हो! विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्म का १८ जना जेहेन्दार बालबालिका गत वर्ष प्रथम,द्वतिय, तृतिय र चौथो स्थान हाँसिल गरेका लाई स्कुल ड्रेस र २२ जना गरिब दुखी का बालबालिका लाई पाठ्यसामग्री कापी बितरण गरिएको हो! राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको हाम्रो सामाजिक अभियान अंतर्गत सहयोग बितरण गरिएको हो! दाता हरु इश्वरी प्रसाद गैरे, यमनारायण सापकोटा, झरेन्द्र खरेल, लेखत घिमिरे र राम बहादुर के सि श्याम सहित ५ जना को ३२हजार ७१५ रुपैया आर्थिक सहयोग बाट बालबालिका लाई स्कुल ड्रेस र पाठ्यसामग्री बितरण गरिएको हाम्रो सामाजिक अभियानका अभियन्ता टोप बहादुर गिरि ले राप्ती पहिचान लाई बताए ! विद्यालय ब्यबश्थापन समितिका अध्यक्ष राजेन्द्र ओली ले अभियन्ता हरुलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम का प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी का लुम्बिनी प्रदेश सदस्य राम जि चौधरी (मिलन) ले बालबालिका लाई पाठ्यसामग्री बितरण गर्नु भएको थियो! बालबालिका लाई हौसला दिन प्रथम, द्वतिय,तृतिय र चौथो स्थान हासिल गर्न सफल भएका लाई सधै यस्तै तरिका ले पुरस्कार स्वरुप स्कुल ड्रेस, जुत्ता, जाडोमा न्यानो कपडाको ब्यबश्था हाम्रो अभियान ले गर्ने छ सामाजिक अभियन्ता एग्गे बहादुर बुढा ले हामी संग भने! त्यो स्कुल विकटमा छ विकट ठाउमा भएका विद्यालयमा पढाउने अभिभावक प्राय गरिब हुन्छन हुने खाने ले शहरी क्षेत्रमा ल्याएर आफ्ना बालबालिका लाई पठनपाठन गराउने गरेका छ्न यस उसले पनि हाम्रो छनौटमा प्राथमिक विद्यालय हर्नेटी परेको छ बुढा ले अगाडि भने! हाम्रो दस वर्षिय योजना हुन्छ आगामी दस वर्ष सम्म हामी निरन्तर त्यस विद्यालयका गरिब दिन दुखी का बालबालिका लाई कापी कलम स्कुल ड्रेस नियमित रुपमा दिन्छौँ बुढा ले फेरि भने! कागजमा राजनितिक परिवर्तण भएको भए पनि ब्यबहारमा लोकतन्त्र आएको छैन यस्तो अबश्थामा तपाईं हरु सामाजिक अभियन्ताले गरेको सामाजिक कार्य ले फलदायी परिणाम ल्याउन सक्छ र गरिब दुखी लाई टेवा पुग्न सक्छ यो कार्यक्रम ले निरन्तरता पाई रहोस प्रमुख अतिथी राम जि चौधरी ले हामी लाई भने! कार्यक्रम मा दियालो अनलाइन का संचालक दिपक वलि नेकपा का नगर सदस्य जङ्ग बहादुर वलि को सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका प्रधान अध्यापक कमलराज थापा ले गरेका थिए!
©2023 Rapti Pahichan. All rights reserved.