रमा बुढा मगर—–
तुलसिपुर कार्तिक २९ , पुर्व सभामुख तथा संघिय सांसद कृष्ण बहादुर महरा पत्नी श्रीमती सीता महराको भोलि २०७७/ कार्तिक ३० गते अन्तिम शोकदिनका दिन श्रद्वान्जली सभा गरिने भएको छ! हामी हरुलाइ परेको शोकमा समवेदना प्रकट गरि दिन स्वर्गीय सीता महारा का पति कृष्ण बहादुर महरा, छोरा हरु एटम महरा, राहुल महरा, छोरी हरु उन्नती महरा र प्रगती महरा ले उपश्थितिका लागी याचना गर्नु भएको छ! भोलि कार्तिक २९ गते हाम्री आमा सीता महरा को सम्झनामा अन्तिम शोकदिनका दिन श्रद्वान्जली सभा र शोक भोजको तयारी गरेका छौ स्वर्गीय महरा का छोरा एटम महरा र राहुल महरा ले राप्ती पहिचान लाई भने! अत; भोलि पर्न गएको अन्तिम शोकदिन का दिन हाम्रो घरमा उपश्थित भइ अन्तिम श्रद्वान्जली सभा र शोकभोजमा उपश्थित भइदिन राजनितिक दलका नेता सम्पुर्ण कार्यकर्ता , शुभचिन्तक, उद्योगी ब्यापारी, कर्मचारी, प्रतिस्ठित ब्यक्ती हरु र भाइ बन्धु इस्टमित्र मा याचना गर्दछौ स्वर्गीय महरा का छोरा एटम महरा ले जानकारी गराए! दुई छोरा र दुई छोरी गरी स्वर्गीय सीता महरा का ४ सन्तान रहेका छन! पत्नी शोकमा भावविह्रल भएका पुर्व सभामुख तथा संघिय सांसद कृष्ण बहादुर महरा सङ्ग टेलिफोनमा कुराकानी गर्न खोज्दा भावविह्रल भइ केही बोल्न सकेनन! स्वर्गीय सीता महराको जन्म २०१८/ साल श्रावन १३ गते रोल्पाको गजुल धौलेगाउमा बुवा मुक्त बहादुर थापा र आमा खिर्मादेवी थापाको कोषबाट पहिलो सन्तानको रुपमा भएको थियो! विक्रम सम्बत २०३५ सालमा सीता महरा को पति कृष्ण बहादुर महरा सङ्ग बिबाह भएको थियो भने विक्रम सम्बत २०७७/ कार्तिक १९ गते बिहान ६:३० बजे काठमान्डौको नर्भिक अस्पत्तालमा कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको हो! राप्ती पहिचान डटकम को आज २०७७/ कार्तिक २९ गतेको अंकले स्वर्गीय सीता महरा प्रती श्रद्वान्जली र परिवारमा समवेदना प्रकट गर्दछ!
©2023 Rapti Pahichan. All rights reserved.