धनुषा । जिल्लाको शहीद नगरपालिका–१ मा केही मिनेटको अन्तरमा धनुषामा एक वृद्व दम्पतिको मृत्यु भएको छ । ९१ वर्षीय रामखेलाबन यादव र उनकी पत्नी ८८ वर्षीया सुमिन्त्रादेवीको सोमबार बिहान मृत्यु भएको हो । रामखेलाबनको बिहान ८ः५० बजेतिर मृत्यु भएको होे भने त्यसको ५ मिनेटपछि उनकी पत्नी सुमिन्त्रादेवीको पनि मृत्यु भएको हो ।
श्रीमानको मृत्यु भएको खबर सुनेको क्षणभरमै पत्नीको मृत्यु भएको थियो । एक छोरा र चार छोरीका आमा–बुवा एकैपटक मृत्यु भएको दुर्लभ घटना भएको स्थानीयले बताए । त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको किम्बदन्ती रहेको उनीहरुको भनाई छ । मृतक दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.