तुलसीपुर, १६ कार्तिक / दाङको तुलसीपुर र घोराहीका कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका तुलसीपुर उपमहानगरपालिका– १८ निबासी ७० बर्षका र घोराही उपमहानगरपालिका – ४ निबासी ७० वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।कैलालीको टिकापुर नगरपालिका १ का ६० बर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.