रमा बुढा मगर—-
तुलसिपुर कार्तिक १४, दाङ्गमा एक जनाले आफ्नो जन्मदिन मनाउने खर्च बचाएर अपाङ्ग महिला लाई खाद्यान्न सहयोग गरेका छन! तुलसिपुर उपमहानगरपालिका वडा नं ७ का सरद शर्माले यस्तो काम गरेका हुन! शर्माको कार्तिक १३ गते जन्मदिन परेको थियो! आफ्नो जन्मदिन मनाउदा सधै साथी भाइ सङ्ग बसेर रमाइलो गर्ने गरेका शर्मा ले यो पटक भने त्यसो गरेनन! उनले यो पटक आफ्नो जन्मदिन मनाउने खर्चले तुलसिपुर १ सुनपुर निवासी शारिरीक अपाङ्ग कमला सापकोटा लाई खाद्यान्न सहयोग गरेर मनाए! शर्माले सापकोटा लाई दुई बोरा चामल ५ लिटर खाने तेल १० किलो दाल साबुन र फलफुल लगायतका खाद्यसामग्री सहयोग गरेका छन! कमला सापकोटा विगत ३ वर्ष अघि घाँस काट्ने क्रममा रुख बाट खसेर अशक्त भएकी हुन! सापकोटा को १२ वर्ष का एक छोरा पनि छन! कहिल्यै कुनै चिनजान थिएन एक्कासी खाद्यान्न बोकेर सहयोग दिन आउनु भयो अचम्म खुशी लागेको छ कमला सापकोटा ले राप्ती पहिचान लाई भनिन! म अपाङ्ग भए देखि मलाइ के खाने के लाउने भन्ने मै धौ धौ छ सबै भन्दा बढी चिन्ता मलाइ के खाम के लाम भन्ने नै छ यस्तो बेलामा खाद्यान्न सहयोग गर्नु भयो तपाइको दिर्घायुको कामना गर्दछु कमला ले अगाडि भनिन! फेरि अर्को वर्ष पनि यसरी नै सहयोग लिएर मेरो घरमा आउनु होला मैले निमता दिए सापकोटा ले भनिन! यसरी पनि जन्मदिन मनाउदा दुई चार जना साथी भाइ सङ्ग बसेर रमाइलो गर्ने मै पैसा खर्च हुने गर्थ्यो यो वर्ष त्यसो नगरी यी अपाङ्ग महिला लाई खाद्यान्न सहयोग गर्न पाउदा छुट्टै आनन्द आएको छ शर्माले राप्ती पहिचान लाई भने! मेरो बिचारमा समाजका सबै नागरिकले यस्तै गरे कम्तिमा गरीब दुखी अनाथ अपाङ्ग हरुले थोरै भए पनि राहत पाउने थिए शर्माले अगाडी भने! राहत वितरण गर्ने काममा शर्मा का साथी दोर्ण आचार्य ले सहजीकरण गरेका थिए!
©2023 Rapti Pahichan. All rights reserved.