मङ्गल सिङ घर्ती
तुलसिपुर असोज ३०, तुलसिपुर उप म नपा वडा नं ५ बस्ने टोप बहादुर गिरि ले अनाथा बालिका लाई खाद्यान्न र नगद सहयोग गरेका छ्न! तुलसिपुर ५ एकान्त टोलमा बस्ने १६ वर्षिय अपाङ्ग तथा अनाथ बालिका तिला नेपाली लाई गिरि ले खाद्यान्न तथा नगद दान सहयोग गर्नु भएको हो! तिला नेपाली अनाथ हुन भने अपाङ्ग पनि छिन! नेपाली को कम्मर देखि तलको भाग चल्दैन! उनी जन्मजात अपाङ्ग हुन भने नेपालीको शरिरले दिशा पिसाब लागेको पनि थाहा पाउदैन! व्हिल चेयर को मद्दतले बाहिर भित्र गर्ने गरेकी नेपाली लाई आमा लक्षिमा नेपाली को मृत्यु पछि मामा घर तर्फका हजुर आमाले लालनपालन र स्याहार सुसार गर्दै आइरहेकी छिन! उमेरले १६ वर्ष पुगेकी नेपाली का आमा को मृत्यु पश्चात् बाबू पनि बिरत्तिएर सम्पर्कविहिन भएको कुरा बताउछिन! नेपाली को एक भाइ पनि छन! हामिले सहयोग दिइरहँदा तिलाको आँखा बाट आँसुका बलिन्द्रधारा मात्र बगि रहे! आमा बा को बारेमा मलाइ प्रश्न नसोध्नुस, रुन मन लाग्छ उनले राप्ती पहिचान लाई भनिन! एकदिन व्हिल चेयरमै बसि रहेको बेला दिशा पिसाब गरेको देखे पछि डाइपर किनेर दिने क्रम्मा तिलाको जिबनी बारे थाहा पाए पछि मैले केही सहयोग गर्नु पर्छ भनी निर्णय लिएको हुँ टोप बहादुर गिरि ले राप्ती पहिचान लाई भने! गिरि ले एक कार्यक्रमका बिच मेपाली लाई चामल दाल नुन तेल साबुन र ५०००/ रुपैया नगद सहयोग गरेका छन! आफ्नै छोरी जस्तै ठानेर सहयोग गरेको हुँ थप सहयोग गर्दै जाने छु गिरि ले अगाडि भने!
©2023 Rapti Pahichan. All rights reserved.