काठमाडौं, असोज २९ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधवार मन्त्री नियुक्त हनुभएका तीन जनाले आज शपथ ग्रहण गर्नुभएको हो ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नुभएको थियो ।
©2023 Rapti Pahichan. All rights reserved.