तुलसीपुरमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । आज फेरि थपिएका ८ जना संक्रमित मध्ये तुलसीपुर उपमहानगरका सुचना अधिकृत समेत रहेका छन । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको पिसिआर परिक्षणमा उपमहानगरपालिकाका सुचना अधिकृत ,स्वास्थ्यकर्मी ,कर्मचारी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । यस अधि पनि बिहान १२ जनामा कोरोना संक्रमण देखिएको थियो । आज मात्रै तुलसीपुरमा २० संक्रमीत थपिएका छन।
©2023 Rapti Pahichan. All rights reserved.