रमा बुढा मगर——
दाङ्ग असोज २३, दाङ्गको एउटा गाउपालिका बाट संचारगृह लाई १६ लाख बढी रकम भुक्तानी दिइएको खुलासा भएको छ! पश्चिम दाङ्गको दंगीशरण गाउपालिका बाट यस्तो रकम भुक्तानी दिइएको पाइएको हो! गाउपालिका को आ,व २०७६/०७७ को चालू खर्च तर्फको खर्च संकेत नम्बर २२३१५ बाट १६ लाख ६६ हजार ४६२ रुपैयाँ निकासा भइ गएको देखिन्छ! यति ठूलो रकम संचारगृह लाई के कामका लागी भुक्तानी दिइएको हो भनी सोध्दा गा पा का प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल ले आफुलाइ थाहा नभएको कुरा बताए! त्यस्तै गा पा का लेखाअधिकृत सोमराज डाङ्गी ले रकम त गएकै छ तर कुन कुन संचारगृह लाई रकम गयो भन्न सकिन्न रेकर्ड हेर्नू पर्छ भन्ने कुरा बताए! यसै बिषयमा गा पा का उपाध्यक्ष पिमा खडका लाई फोन गरि सोध्दा आफुले केही भन्न नमिल्ने कुरा बताइन! स्वतन्त्र संचारगृह र निस्पक्ष पत्रकारीता लाई नै शंका लाग्ने गरि यसरी पालिका हरु बाट रकम बुझी लिने काम ले संचारगृह र निस्पक्ष पत्रकारीता माथी नै प्रश्न उठ्न थालेको छ! हाम्रो गाउमा खानेपानी छैन कुवा फागुन देखि सुक्छन २ घन्टा लगाएर पिठ्युमा पानी ल्याएर पिउनु पर्छ तर हाम्रो गाउपालिका बाट झन्डै १७ लाख रुपैयाँ पत्रकार हरुलाइ दिइएको कुरा सुन्दा अचम्म लाग्यो एक स्थानिय ले राप्ती पहिचान लाई भने! आफुले हसुरेको सेवा सुविधा र भ्रस्टाचार बाहिर नआओस भनेर पत्रकार लाइ पैसा दिइएको हुनु पर्छ अर्का स्थानियले आक्रोश पोखे! १७ लाख रकम बाट एम्बुलेन्स सम्म नजाने गाउमा बाटो बन्न सक्थ्यो तर पत्रकारलाइ दिएछन दुख लाग्यो अर्का स्थानिय ले नाम नबताउने सर्तमा राप्ती पहिचानलाइ भने!
©2023 Rapti Pahichan. All rights reserved.