असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ ।यातायात व्यवस्था विभागले व्यवसायीहरुसँग छलफल गर्दै असोज २० देखि २५ गतेसम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोका थिए । यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।
त्यस्तै, गत चैत्र ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण बन्द भएको मदिरा आयात सरकारले खोल्ने तयारी गरेको छ। लामो समयदेखि बन्द मदिरा आयात सरकारले खुला गर्ने तयारी अघि बढाएको हो । को’रोना भा’इरस सं’क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिती कम हुने ५० हजार डलरभन्दा महँगा गाडी,सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयात रोकेको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार अब म’दिराको आयात पनि खुला गर्ने विषयमा केही दिनमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको छ,दसैं अगाडि नै यो निर्णय हुन्छ। नेपालमा विदेशबाट महँगा म’दिरा भित्रिने र त्यसको असर विदेशी मुद्रा सञ्चितिमा पर्ने भन्दै आयात रोक्ने निर्णय भएको थियो।
मदिरा तथा म’दिराका क’च्चा पदार्थ गरी वार्षिक ५ अर्ब रूपैयाँभन्दा धेरैको आयात हुने गरेको छ। त्यसबाट सरकारले मासिक ५० करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको थियो। औद्योगिक प्रयोजनका लागि ल्याइने मरिचको आयात खुलिसकेको छ भने सरकारले निर्णय गर्नुअघि आयातको प्रक्रिया थालिएका केराउ र छोकडा पनि भित्रिन दिने निर्णय भइसकेको छ।
©2023 Rapti Pahichan. All rights reserved.