तुलसिपुर, १९ असोज/ दाङकाे तुलसीपुरमा एक युवक माथि खुकुरी प्रहार भएकाे छ । आईतबार बेलुका ७ः०० बजेकाे समयमा तुलसीपुर उपमहानगरपालिका ०६ यातायात ब्यवस्था कार्यालय पछाडि भिआईपी टाेल स्थित एक १८ बर्षिय युवक माथि खुकुरी प्रहार भएकाे हाे ।
खुकुरी प्रहारबाट जिल्ला सल्यान बगचाैर नगरपालिका ०७ टाटके घर भई हाल तुलसीपुर उपमहानगरपालिका ०५ बिजय फर्निचर उद्याेगमा काम गर्ने १८ बर्षिय दण्डबिर खड्का रहेकाे प्रहरीले जनाएकाे छ। निजलाई राेकिरहेकाे अवस्थामा पछाडिबाट माेटरसाईकलमा आएका ब्यत्तिहरुले खुकुरी प्रहार गरी फरार भएका थिए ।
हाल उनकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार पश्चात थप उपचारका लागि काेहलपुर रेफर गरिएकाे र घटनामा संङ्ल्गन रहेका ब्यत्तिहरु फरार रहेकाेले उनीहरुकाे खाेजी कार्य तिब्र पारिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिब बहादुर सिंहले जानकारी दिनुभयाे ।
©2023 Rapti Pahichan. All rights reserved.