तुल्सिपुर ५, असोज। तुलसीपुर उपमहानगरपालिका अन्तरगत रहेको कृषि बिकास शाखा कार्यालयले सोमबार देखि किसानहरु लाई ५० प्रतिशत अनुदानमा तोरीको बिउ बितरण गर्ने भयको छ। कार्यालयले गयको भदौमा तलसीपुर क्षेत्रकै १९ वटै वडाबाट किसानहरुको निबेदन माग गरेको थियो। सोहि आधारमा झण्डै २५० जना किसानले बिउ माग गरेका थिय। उनिहरुलाई आज सोमबार देखि उन्नती तोरिको बिउ बितरण गरिने कार्यालय प्रमुख धनराज गौतमले जानकारी दियका छन्। माग गरेका किसनलाई आईतबार देखि नै सम्पर्क गर्न सुरु गरियकोछ। कार्यालयले तोरीको बिउ बितरण गर्नका लागि २५ क्वीन्टल खरिद गरेको छ। किसान हरुलाई केहि सहुलियत होस् भनेर ५० प्रतिशत अनुदानमा तोरीकोबिउ बितरण गर्न लागियको हो। कार्यालय प्रमुख धनराज गौतमले बतायका छन्।
![]() | ReplyForward |
©2023 Rapti Pahichan. All rights reserved.