तुल्सिपुर १, अशोज। दाङ बाट संचालनमा रहेका ११ वटा यातायात प्रा लि संचालक हरुले आज विश्वकर्मा बाबाको पुजा पछी आफ्ना गाडी हरु सन्चालनमा ल्याएका छन हामिहरुले सरकारको निर्णय मानेर झण्डै सात महिना आफ्नो ब्याबसाय बन्द गर्यौ अब बन्द गरिरहने अबस्थामा छैनौ, राप्ती जनता यातायात प्रा. लि. का अध्यक्ष दिल बहादुर वली ले राप्ती पहिचान डट कम लाई भन्नु भयो। सात महिना सम्म थन्कायर राखेका गाडी मर्मत नगरी चलाउन सक्ने अब्थामा छैन, हामिलाई राज्य ले अनुदान सहयोग दिनुपर्छ, उहाँले भन्नुभयो। दाङ बाट संचालनमा रहेका सबै यातायात प्रा .लि. का गाडिहरु एउटै डायलमा चलाउने तयारी भयको वली ले बताउनुभयो। आजै देखि बिगतमा संचालन भयका रुटमा गाडी संचालनको पुर्ण तयारी भयको छ वली ले भन्नुभयो।
स्वास्थ्यका मापदण्ड अनुसार नै गाडी चल्छन स्वस्थ्य मापदण्ड सबै पालना गर्छौ, उहाले भन्नुभयो। सिट क्षमता भन्दा ५० प्रतिशत कम यात्रु राखेर सवारी साधन संचालन हुन्छ, र भाडाको हकमा ५० प्रतिशत बृध्दि गर्ने भन्ने सरकारको निर्णय अनुसार भाडा लिन्छौ, वलीले भन्नुभयो। ५० प्रतिशत यात्रु राख्ने र ५० प्रतिशत भाडा लिन पाउने सरकारको निर्णय लागु गर्छौ, अब दाङ देखि कठमाणाडौं को भाडा प्रति ब्याक्ती १५ सय हुने भयको छ।र एउटा लहरमा एक जना मात्र यात्रु बस्नु पर्नेछ। यात्रुले अनिवार्य मास्क लगाउन पर्नेछ भने ढोका र गाडी भित्र पनि स्यानिटाईजरको व्यवस्था गरेको हुनुपर्नेछ।
![]() | ReplyForward |
![]() | ReplyForward |
©2023 Rapti Pahichan. All rights reserved.