रमा बुढा मगर—–====
तुलसिपुर भदौ २६, तुलसिपुर ७ गणेशपुर निवासी दिल बहादुर सेर्पाइली र तुलसिपुर ५ बसपार्क निवासी लेखराज बुढा मगर ले गरिब दुखी परिवारलाइ खाद्यान्न सहयोग गरेका छन! उनी हरुले तुलसिपुर ३ थापापानी मा घर भत्किएर बिचल्लीमा परेका एक परिवार र तुलसिपुर ३ सिरखोला निवासी विपन्न परिवार तथा तुलसिपुर ३ शिवपुर निवासी एकल महिला लाई खाद्यान्न सहयोग गरेका हुन! हाल बदेशिक रोजगारी को सिलसिलामा बिदेशमा रहेका दुइ जना दानविर हरुले खाद्यान्न किन्न १०५०० रुपैयाँ पठाउनु भएको थियो त्यै रकम बाट चामल खाने तेल,नुन, साबुन किनेर आजै हस्तान्तरण गरेका हौं राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल को हाम्रो सामाजिक अभियानका अभियन्ता एग्गे बहादुर बुढा मगर ले राप्ती पहिचान लाई भने! थापापानी का आशाराम बाँठा, सिरखोला का प्रेम कुमारी बि क र शिवपुर का एकल महिला कलावती डाङीलाइ खाद्यान्न उपलब्ध गराएका छौँ उनले अगाडि भने! दाता दानविर हरु दिल बहादुर सेर्पाइली र लेखराज बुढा लाई हाम्रो सामाजिक अभियान को तर्फ बाट हार्दिक धन्यवाद दिन्छौँ यस अभियानका अर्का अभियन्ता भरत महतरा ले भने! दाता दिल बहादुर सेर्पाइली ले आफ्नी हजुर आमा कलि सेर्पाइली को काजकृया खर्च बाट बचाएर ७ औ दिनको शुद्दसान्ती कार्यक्रम का दिन सहयोग गर्नु भएको हो भने दाता लेखराज बुढा ले राप्ती पहिचान डटकम बाट वर्षाले घर भत्काइदिँदा बिचल्ली शीर्षक को शमाचार पढेर सहयोग उपलब्ध गराउनु भएको हो!
©2023 Rapti Pahichan. All rights reserved.