रमा बुढा मगर———–
तुलसिपुर भदौ २५, नेपाल दुरसंचार प्राधिकरण को नेपाल टेलिकम दाङ्गको तुलसिपुर क्षेत्रमा राजतन्त्रको पंचायती शासन ब्यबश्था हुदा स्थापना भएको हो! सुरुमा आवा प्रविधी बाट संचालनमा आएको दुरसंचार ले प्रविधिको विकास संगै आफुलाइ पनि प्रविधी संग जोडेर हाल ल्यान्डलाइन फोन, पोस्टपेड मोबाइल सेवा, प्रीपेड मोबाइल सेवा र इन्टरनेट जस्ता सेवा प्रवाह गरि राखेको छ! तर नेपाल टेलिकम को ब्यबश्थापन को पाटो लाई हेर्ने हो भने अचम्म लापरवाही किसिमको देखिन्छ! टाङ्गिएको तार जमिनमा लतरिएका र पोल भन्दा तार धेरै भएका लथालिङ्ग अवश्था लाई भने सबैका आँखा ले देख्न सकिन्छ! तुलसिपुर को ब्यस्त स्थान सल्यान रोड टेलिकम कार्यालयकै अगाडि तार टाङ्न बाँसको घोचो देख्दा टेलिकमको फितलो ब्यबश्थापन छताछुल्ल देखिन्छ! यसरी टाङ्गिएका तार ले दुर्घटना पनि निम्त्याउन सक्छ एक स्थानिय ले भने! बिद्युत पोल मा जमिन मा लतरिने गरि टेलिकम ले टाँगेको तारमा यदि कुनै सवारी साधन टकराउने हो भने बिद्युत पोल समेत ढल्न सक्ने र त्यसले मानविय क्षति सम्म हुन सक्ने अर्का स्थानिय ले राप्ती पहिचान लाई भने! यसै बिषयमा हामिले टेलिकम कार्यालय तुलसिपुर का कार्यालय प्रमुखको मोबाइल नम्बर ९८५१०८४५६८ मा सम्पर्क गर्दा कार्यालय् प्रमुखले फोन उठाएनन! तुलसिपुर बजार क्षेत्रमा टेलिकम को छरपस्ट राखिएका तार जताततै देखिन्छन ब्यबश्थापन गर्ने निकाय ले यसलाइ बिलकुलै बेवास्ता गरेर गइ रहेको देखिन्छ अर्का एक ब्यकति ले हामी लाई भने!
©2023 Rapti Pahichan. All rights reserved.