प्रहरीले नक्कली प्रेस कार्ड बनाउनेलाई पक्राउ गरेको छ। निषेधाज्ञाको समयमा प्रेस तथा अस्पतालको नक्कली कार्ड देखाए सवारी चलाउनेहरु बढेपछि प्रहरीले अनुसन्धान थालेको हो। प्रहरीले बागबजारबाट कालिका प्रिन्टर्स स्पोर्टस प्रालिका संचालकलाई प्रेस तथा अस्पतालको नक्कली कार्डसहित पक्राउ गरेको हो। उनले एउटा कार्ड बनाएको ५ सयसम्म लिने गरेका थिए।पक्राउ पर्नेमा न्यौपाने सहित श्रीराम खड्का, रमेश कुमार रेग्मी र राजेन्द्रराज भण्डारी छन्। उनीहरुबाट प्रहरीले विभिन्न मिडियाको आइडी कार्ड १० थान र विभिन्न प्रिन्टिङ प्रेसका कार्ड बरामद गरेको छ।
![]() | ReplyForward |
©2023 Rapti Pahichan. All rights reserved.