रमा बुढा मगर———-
तुलसिपुर भदौ २३, तुलसिपुर ३ सिद्दधारा का रुद्र बहादुर पुन तुलसिपुर ३ श्थित सिद्दवावा सहकारी संस्था लिमिटेड रहेको घरको अगाडि प्राङ्गणमा एका बिहानै हात मुख नधोएरै लाइनमा बसेका छन! उनी बसेको लाइन भोट हाल्न वा डाक्टर भेट्न नभइ आफुले रोपेको धान खेती का लागि युरिया मल पाउन लाई हो! झन्डै ४ घन्टा लाइन बसि सकेँ मेरो पालो आएको छैन पुनले अगाडि भने! जनताको घर दैलो सम्म सरकारलाइ उपश्थित गराउन नेपालको संविधान २०७२ ले तिन तहको सरकारको परिकल्पना गरेको छ! जस अनुसार स्थानिय पालिका हरुलाइ स्थानिय सरकारको रुपमा संविधानले स्विकार गरेको छ! तर स्थानिय पालिका हरु यसलाइ आफू अनुकुल व्याख्या गरि रहेका छन! आफुलाइ अप्ठेरो पर्ने काममा संघिय सरकार र प्रदेश सरकारको हवाला दिने गर्दछन भने आफुलाइ अनुकुल भएको बेला स्थानिय सरकारको रुपमा ठडिने गरेका छन! यसैको एउटा नमुना हो किसान हरुले धानखेती का लागि समयमा मल नपाउदा स्थानिय सरकार बेखबर जस्तै छन! यस्तो महामारी रोग फैली रहेको बेला पनि हामी सामाजिक दुरि, रोग र जिउ ज्यानको वास्ता नगरी यसरी युरिया लैजानका लागि लाइनमा धकेला धकेल गर्न बाध्य छौ लाइनमा बसेका बिश्णु रेग्मी ले राप्ति पहिचान लाई भने! तीन वटा सरकार मध्य किसान लाई मल दिने सरकार् कुन हो हामी लाई थाहा भएन स्थानिय भल बहादुर केसि ले भने! यै ५ लम्मर मलको लाइन पनि समयमै लगाइदिएको भए खुशी खुशी लाइन बस्ने थियौ तर समय बिति सके पछि पनि आफुलाइ आवश्यक्ता भए जति मल पाइएन केसि ले गुनासो गरे! सरकार ले किसान लाई अनुदानको मल दिने नै हो भने यसको राम्रो ब्यबश्था पनि मिलाउनु पर्यो होइन भने व्यापारी हरु बाट किसान ले मल किन्ने वातावरण हुनु पर्यो उनले अगाडि भने! स्थानिय सरकार नाम मात्रको सरकार रहिछ, यो स्थानिय सरकार जनता र किसान प्रती उत्तरदायी हुन सकेन, स्थानिय जनता सङ्ग कर उठाउने काम मात्र गरि रहेको छ राप्ती पहिचान सङ्ग उनले गुनासो पोखे!
©2023 Rapti Pahichan. All rights reserved.