भदौ १८ देखि सिल गरायको कपुरकोट बजार भदौ २२ गते देखि खुलेकोछ। वडा नं ३ मा एक स्वस्थ्य कर्मिको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि २०७७ भदौ १८गते राति १०:०० बजे देखि सिल गरियको कपुरकोट बजार आज २०७७ भदौ २२ गते देखि खुलेको हो।
कोरोना भाईरस परीक्षणका लागि समुदायस्तरबाट ११५ जनाको स्वाब संकलन गरि नेपाल्गंज भेरी अस्पतालमा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ प्रमाणित भय संगै खोलिएको हो।
यस अगाडि सिल गरिएको कपुरकोट गाँउ कार्यपालिकाको कार्यालय, ३ नं वडा कार्यालय, तरकारिबजार तथा कपुरकोट बजार क्षेत्रका सम्पुर्ण सरकारी गैर सरकारी कार्यालय, बैंक, वित्तिय संस्थाले प्रदान गर्ने सेवाहरु बन्द गरियको थियो। ति सबै आज देखि खुलेको छ।
![]() | ReplyForward |
©2023 Rapti Pahichan. All rights reserved.