रमा बुढा मगर——==
तुलसिपुर भदौ २१, यस अघि भदौ १४ गते राति १२ वजे देखि भदौ २१ गते राती १२ बजे सम्मका लागि पुर्ण रुपमा लकडाउन गरिएको दाङ्ग जिल्ला को लकडाउनको स्वरुप
केही खुकुलो पार्दै भदौ २८ गते सम्म लकडाउन गर्ने निर्णय भएको छ! भदौ २१ गते जिल्ला कोबिड १९ संकट ब्यबश्थापन समितिको बैठक ले यस्तो निर्णय गरेको छ प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल ले जानकारी दिनु भयो! लकडाउनको स्वरुप परिवर्तनमा भोलि देखि लागू हुने गरि बिहान ६ बजे देखि दिउँसो १२ बजे सम्म सम्पुर्ण पसल खुल्ने छन! निजि सवारी साधन हरु जोर बिजोर प्रणालिमा संचालन हुनेछन! त्यसै गरि बैंक तथा वित्तिय संस्था हरु भोलि देखि बिहान १० बजे देखि १२ बजे सम्म २ घन्टाका लागि खुल्ला गरिएको छ! यस बिच सार्वजनिक सकारी साधन भने संचालनमा अझै रोक लगाइएको छ!
©2023 Rapti Pahichan. All rights reserved.