तुलसिपुर ११ भदौ, तुलसिपुर क्षेत्रमा समुदाय स्तर मा कोरोना देखिए पछि तुलसिपुर उपमहानगर ले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ! बुधवार भदौ १० गते तुलसिपुर क्षेत्रका विभिन्न ब्यक्ती को पिसिआर रिपोर्ट आउने क्रममा तुलसिपुर ६ का एक जना पुरुष सहित ७ जनामा कोरोना संक्रमण भेटिएपछि तुलसिपुर क्षेत्रमा कोरोना समुदायमा फैलिएको आशंका गरिएको हो! संक्रमणलाइ कसरी रोक्ने भन्ने सन्दर्भमा आज आकश्मिक सर्वपक्षिय बैठक बोलाएको उम नपा ले १० दिन का लागि निषेधाज्ञा जारी गर्ने तयारी गरेको मेयर घनश्याम पान्डे ले बताउनु भयो! बैठकमा राजनितीक दल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्य कर्मी, छिमेकी पालिका का प्रमुख, उद्योग वाणिण्ज्य संघ, वडा अध्यक्ष हरु र संचार कर्मी हरुले संक्रमण रोक्न तदारुक्ताका साथ लाग्नु पर्ने सुझाव दिएका थिए! सुझाव सुने का मेयर पाण्डे ले कम्तिमा १० दिन निषेधाज्ञा गर्ने तयारी रहेको बताए! हाल कुल संक्रमित को संख्या ३५ रहेको र संक्रमित हरु तुलसिपुर उम नपा मा १५ जना,शान्तिनगरमा १२ जना घोराहीमा ३ जना र बबइ गाउपालिकामा ५ जना रहेका कोरोना विशेष अस्पत्ताल बेलझुन्डी का हेल्थ असिस्टेन्ट दोर्ण बहादुर ओलि ले जानकारी गराए! गएको वर्ष चैत्र १७ गते देखि क्वारेन्टाइन संचालन गर्दै आइ रहेको उम न पा ले प्रदेश सरकार संग को समन्वयमा दाङ्ग को बेलझुन्डी मा कोरोना विशेष अस्पत्ताल पनि संचालन मा ल्याएको छ! समुदाय सम्म कोरोना फैलिएको आशंका गरिएपछी प्रत्यक वडा बाट कम्तिमा १०० जना को स्वाब संकलन गरि पिसिआर टेस्ट गर्ने योजना बनाएका छौँ हेल्थ असिस्टेन्ट ओलि ले अगाडि भने! उनका अनुसार यसो गरे कोरोना समुदाय सम्म फैलिएको नफैलिएको यकिन गर्न सकिने उनले बताए! बैठक मा उपश्थित राजनितिक दलका प्रतिनिधि हरुले उपमहानगर ले अनुरोध गरे आफू हरु ले आ-आफ्ना संगठन, भातृ संगठन हरु लाई समुदाय लाई कोरोना बाट बचाउन परिचालन गर्न सक्ने बताएका थिए!
©2023 Rapti Pahichan. All rights reserved.