तुलसिपुर भदौ ९ तुलसिपुर उपमहानगरपालिका मा गएको आर्थिक वर्ष २०७६/०७७ मा जनप्रतिनिधी ले सेवा सुविधाको नाममा मात्रै अढाइ करोड बढी रकम नगद बुझिइ लगेको पाइएको छ! तुलसिपुर उम नपा को आ,व २०७६/०७७ को चालू खर्च फाँटवारी मा यस्तो देखिएको छ! जनता को काम अ-वेतनिक रुपमा गर्ने छौँ भनी चुनाव जितेर गएका जनप्रतिनिधी ले उम नपा बाट यती धेरै रकम नगद बुझेर लगेको पाइएको हो! उम नपा को चालू खर्च फाँटवारी अनुसार उनी हरु ले जम्मा जम्मी २ करोड ५१ लाख ७४ हजार ९२७ रुपैया पारिश्रमिक, बैठक भत्ता, इन्धन खर्च र संचार खर्च बापत बुझीइ लिएको देखिन्छ! खर्च फाँटवारी अनुसार खर्च संकेत नम्बर २१११२ बाट चार पटक गरि २ करोड ९८ हजार निकासा भएको देखिन्छ भने खर्च संकेत नम्बर २११४१ बाट ३ पटकमा १६ लाख १६ हजार ४०० सय रुपैया निकासा देखिन्छ!त्यसै गरि खर्च संकेत नम्बर २११४२ बाट ३ पटकमा ११ लाख ९६ हजार २०० सय रुपैयाँ निकासा देखिन आएको छ!त्यस्तै खर्च संकेत नम्बर २२२११ बाट दुई पटक गरि ५ लाख रुपैयाँ निकासा दिएको पाइएको छ!थप रकम अन्य खर्च संकेत नम्बर बाट बुझी लिएका देखिन्छ! चुनाव जितेर जनप्रतिनिधी को रुपमा उम नपा मा प्रवेश पाएका जनताका प्रतिनिधि हरु ले यति धेरै रकम पारिश्रमिक को रुपमा बुझिइ लिनु आफैमा खेदजनक छ! तुलसिपुर उम नपा को १९ वटा वडा का बिकट वस्ती हरु सम्म बाटो ,बिजुली , संचार , खानेपानी ,शिक्षा र स्वाश्थ्य को न्युनतम सुविधा सम्म जनताले उपभोग गर्न नपाइ रहेको अबश्थामा जनता का जनप्रतिनिधी हरु ले नै यति ठूलो रकम बेफजुल बुझी लिनु आफैमा दुखद देखिन्छ! यिनी हरु लाई लाज घिन केइ लाग्ने रहेन छ एक नगरवासी ले भने! हामिले कानुन अनुसार कर तिरेका छौँ उनी हरुले आफू खुशी तलब भत्ता खाइ रहेका छन, यो कस्तो लोकतन्त्र हो? अर्का नगरवासी ले दुखेसो पोखे!
©2023 Rapti Pahichan. All rights reserved.