आदरनिय दानविर दाता ज्यु हरु, तपाईं हरुको असाधारण आर्थिक सहयोग बाट दाङ्ग पहिचान अनलाइन खबर प्रा लि द्वारा संचालित rapti pahichan.com कानुनी प्रकृया पूरा गरि आज देखि विधिवत रुपमा संचालनमा आएको हो! दानविर दाता तपाईं हरु विश्वको जुन सुकै कुनामा भए पनि www.raptipahichan.com लग इन गरेर हामी सङ्ग भेट गर्न सक्नु हुने छ! आदरनिय दाता दानविर ज्यु तपाईं हरु लाई नमन गर्दै म मेरो बारेमा लेख्ने अनुमती चाहन्छु,, दाङ्ग जिल्ला को तत्कालिन लाहुर्चौर गा पं वडा नं ८हाल तुलसिपुर उपमहानगरपालिका वडा नं ३ को अति विकट गाउँ सल्लिभिर भन्ने ठाउमा बुवा बलसिङ बुढा मगर र आमा धनी कुमारी बुढा को कोष बाट छैठौँ सन्तान माइलो छोरा को रुपमा २०२६ साल चैत्र ३० गते मेरो जन्म भएको हो! मैले चेतना पाउँदा हाम्रो परिवार गरिबी को रेखामुनी रहेको थियो! त्यसैले म अत्यन्त गरिब परिवारको गरिब मानिस हुँ! गरिबी भित्र मैले भोगेको भोगाइ ले मलाइ सामाजिक काम अन्तर्गत गरिब दिन दुखी,असहाय, अपाङ्ग,अनाथ बृद्द बृद्दा लाई सहयोग गरि उनी हरुको कठिन दिन चर्या लाई सहज बनाइ दिनु पर्छ भन्ने प्रेरणा जागेकाले म यो सामाजिक काम मा आएको हुं! मेरो यो अभियान बाहिर बाट हेर्दा जति सजिलो देखिन्छ, खासमा त्यति सजिलो छैन! साँच्चै भन्दा कम्ता दुख भरी छैन मेरो यो अभियान! तर पनि तपाईं हरु को सहयोग ले ती गरिब दुखी अनाथ असहाय को आँसु पुछ्न सफल भएको छु! साथै तपाईं हरु पनि यो अभियानमा जोडिएर पुण्य को काम गरि रहनु भएको मा हार्दिकता का साथ नमन गर्दछु! म संधै तपाईं हरु सङ्गै रहने छु! आशा गर्दछु तपाईं हरु को साथ समर्थन मैले प्राप्त गरि रहने छु! म बाट कुनै गल्ती भएको भए सिरको टोपी हजुर हरुको पाउमा राखी माफी को याचना गर्द छु!जिवनको उत्तरार्धमा आएर म संचार उद्यमी र संचारकर्मी को रुपमा तपाईं हरु माझ आएको छु, मेरो संचार गृह बाट हुने गल्ती कम्जोरी लाई तत्काल प्रतिवाद गर्नु होला! खासमा यो संचार गृह भ्रस्टाचार, घुसखोरी, राजश्व छली, र ऐन नियम उलङ्घन गर्ने बिरुद्द को अभियानमा केन्द्रीत हुने छ! नेपाल का सबै जसो संचार गृह हरुमा खुल्ला राजनितिक प्रवेश,खुल्ला हस्तक्षेप र खुल्ला राजनितिक प्रभाव देखिएको समयमा मैले यो संचार गृह लाई राजनिती मुक्त संचार गृह बनाउने प्रण गर्दछु,, जसका लागि म एग्गे बहादुर बुढा मगर सकृय रहेको दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बाट आजै का मिति देखि लागू हुने गरि दल त्याग गरेको छु! म सकृय रहंदा कम्युनिस्ट आन्दोलन का जुन सुकै तह का नेतागण लाई म बाट कुनै किसिमको दुख पीडा हुने काम भएको भए क्षमा चाहन्छु! तपाईं दाता हरु र नेपाली जनता लाई साक्षी राखेर म यो सपथ लिन्छु कि म यो संचार गृहमा राजनिती प्रवेश गराउने छैन! अन्तमा ( मेरो देश)
©2023 Rapti Pahichan. All rights reserved.