२७ साउन, कोहलपुर बाँके।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ परेका छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए ।
नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् ।महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।
परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।
नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले उपकुलपति र रजिस्टारको कार्यालयमा विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । ‘परीक्षाको विकल्प दिनुपर्यो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, तर आचार्यले कुनै विकल्प दिन सक्दैनौं भने पछि ‘आज गएर तोडफोड गरेछन् ।’नेविसंघ कार्यकर्ताले गरेको तोडफोडको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ ।
नेविसंघ कार्यकर्ताले उपकुलपति कार्यालय तोडफोड गर्नुका साथै शिक्षा शास्त्र संकायको केन्द्रीय क्याम्पसमा विभागीय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कम्प्युटर प्रिन्टरलगायत शैक्षिक सामग्री तोडफोड गरेको अनेरास्ववियुले जनाएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.