२३ साउन , कोहलपुर बाँके।
पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिएका छन।
कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए ।यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए ।
उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ
©2023 Rapti Pahichan. All rights reserved.