२१ साउन ,कोहलपुर बाँके।
लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा परि कम्तीमा १०० जनाले ज्यान गुमेको छ। चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्
गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको अधिकारीहरूले बताइरहेका छन्।
राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २,७५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन।
राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन।
विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ।
©2023 Rapti Pahichan. All rights reserved.